शिक्षा

बानपा ७ मा ६ दिन बिद्यालय संचालन हुने

बागलुङ ।सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शैक्षिक क्षेत्र प्रभावित हुने भन्दै अभिभावकले चिन्ता लिइएको बेला बागलुङ नगरपालिका वडा नम्बर ७ मा आइतबार शैक्षिक संस्था नियमितरूपमा संचालन गर्ने निर्णय गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए लगत्तै बैशाख १२ गते बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले शनिबार र आइतबार दुई दिन बिदा दिदाबिद्यालयकाे पठनपाठनमा असर पर्ने देखिएकोले आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखिदिउँसो १ बजेसम्म… पुरा पढौ

बागलुङ नगरपालिकाका मेयर कुचो लिएर सरसफाइ अभियानमा

स्थानीय तहको निर्वाचन संगै सबैभन्दा बढी चर्चामा आउनु भएका जनप्रतिनिधि मध्य एक नम्बरमा पर्ने काठमाडौका वालेन साह र धरानका हर्कराज साप्पाङ्ग राई हुन् ।स्वतन्त्र रूपमा जनताको मन जितेर चुनाव जित्न सफल यी दुई पात्रको चर्चा यतिबेला देशभर छ । धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेकाे खबर सार्वजनिक भए संगै बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले हातमा कुचो लिएर शनिबार एकाएक बागलुङ नगरपालिका बसेकाे कार्यालय परिसरमा सरसफाइ गरेर अभियानमा जुटेका… पुरा पढौ

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा दुई प्रयोगशालाको उद्घाटन

बडिगाड गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन पहल थालेको छ । गाउँपालिका- ७ टुनिबोट स्थित जनक आधारभूत विद्यालयमा विज्ञान र कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । बिहीबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले दुबै प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षालाई व्यवहारिक र दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रको रुपमा बिकास गर्न गाउँपालिका भित्र अन्य बिद्यालयहरुमा पनि क्रमश प्रयोगशालाको स्थापना गर्दै जाने प्रतिबद्धता व्यक्तगर्नुभयो ।२१ औं शताब्दीको शिक्षालाई प्रविधिसँग जोड्नु अनिवार्य रहेकाले यसको प्रभावकारी प्रयोगमा विशेष जोडदिनुपर्ने अध्यक्ष… पुरा पढौ

बैंकर्स बागलुङकाे सहयोग मानब सेवा आश्रमलाई

विशुद्ध रूपमा नेपालीहरूकाे सहयोगमा संचालित मानव सेवा आश्रम लाइ बागलुङ स्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुखहरूले आर्थिक सहयोग गरेको छ । बैकका शाखा प्रवन्धकहरूले ब्यक्तिगत रूपमा संकलन गरेको रकम रु २५ हजार सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रममा अभिभावक सुनिता श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएकाे थियो ।कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष दीपक शर्माले विशुद्ध परोपकारी भावनाले ओतप्रोत भै सामूहिक प्रयास बाट मानब सेवा प्रति समर्पित संस्था, मानब सेवा आश्रमकाे लागि उक्त रकम सहयोग गरेको बताउनु भयो। कार्यक्रम मा… पुरा पढौ

मुल्य वृद्धिकाे विरोधमा राष्ट्रिय उपभोक्ता मन्चकाे ज्ञापनपत्र

बागलुङ ।पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै राष्ट्रिय उपभोक्ता मन्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रधानमन्त्री मन्त्री शेरबहादुर देउवा समक्ष सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल मार्फत साेमबार पेट्रोल ,डिजेल ,मत्तितेल ,ग्यास लगायतमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । अहिले भएको मुल्य वृद्धिले आम उपभोक्ता मर्कामा पर्ने भन्दै नेपाल आयल निगमलाई अहिले बढेको मूल्य फिर्ता गराउन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत प्रधानमन्त्री लाई अनुरोध… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्दै एकजना बिद्यार्थी लाई उच्च शिक्षा पढाउने प्रतिबद्धता

बागलुङ ।बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवार सम्हालेका छन् । वडा अध्यक्ष शनि केसी ,वडा सदस्य धनमाया शर्मा ,अर्जुन खड्का ,नगेन्द्र केसी ,पवित्रा सुनारलाइ एक कार्यक्रम बिच वडाका कर्मचारीले स्वागत गरेका थिए । बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसीलेआफ्नो पदभार सम्हाले लगत्तै आर्थिक बिपन्नाताका कारण पढ्न नसकेका बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता पाैडेल लाई पढाउने जिम्मेवारी लिएको घाेषणा गर्नुभएको छ ।१२ कक्षा भेटनेरी पास गरेका पाैडेललाई उच्च शिक्षा सम्म पढ्न… पुरा पढौ

के हो बालमैत्री विद्यालय ?

बालमैत्री विद्यालय ती हुन् जहाँ बालबालिका रमाई–रमाई विद्यालय आउँछन्, साथीभाइ र शिक्षकसँग को अन्तरक्रियामा हाँसी–खेली सिक्छन् र सिकेको कुरा व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवहारमा उतार्छन् । आम नेपालीबीच गुणस्तरीय शिक्षाको चाहना र तत् सम्बन्धी बहस तीब्र बन्दै गएको छ । यद्यपि ‘ गुणस्तर ’को परिभाषा र बुझइ आ–आफ्नै परिवेश अनुरुप भिन्न छन् । विद्यार्थीले अङ्ग्रेजी बोल्न वा लेख्न सक्नुलाई नै गुणस्तरीय शिक्षा मान्ने अभिभावकको जमात अझै पनि ठूलो छ । उता, नेपाल सरकारको ध्यान, लगानी र प्रयास भने शिक्षामा सबैको… पुरा पढौ

विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण

बागलुङका एक व्यवसयीले पर्वतको जलजला गाउँपालिका २ मा रहेको विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । बागलुङ बजारमा नव हिरा साइकल सेन्टर संचालन गर्दै आएका व्यवसायी राजेश बास्कोटाले विन्द्यवासिनी प्राविमा अध्ययन गर्ने विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यालयका सस्थापक हजुरबुबा स्व.क्षेत्र बहादुर अधिकारी तथा आमा हिरा कुमारी बास्कोटाको स्मृतिमा कक्षा १ देखी ५ सम्म का ३५ जना विध्याथीलाई पोशाक तथा शैक्षिक सामागीरी वितरण गरेका हुन् । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा… पुरा पढौ

बडिगाडमा ३९ घण्टापछि मतगणना सुरु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आइतबार बिहानबाट मतगणना सुरु भएको छ ।गाउँपालिकाको वडा नम्बर १ दगातुन्डाँडाबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बडिगाड गाउँपालिकाका १० वटा वडाहरुमध्य वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।बैशाख ३० गते साँझ ८ बजे गाउँपालिका भित्रका २६ बटै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु मतगणना स्थलमा आएपनि नेकपा एमालेको अबरोधका कारण सर्वदलीय बैठक बस्नसकेको थिएन ।गाउँपालिकाको बडा नम्बर-४ जलजलाको गुफा आधारभूत बिद्यालयको मतदान केन्द्रमा बुथ कब्जाको आरोप सहित नेकपा एमालेले निर्वाचन अधिकृतको… पुरा पढौ

परिचय खुल्ने कागजात भए मतदान गर्ने पाउने

निर्वाचन आयोगले प्रकाशित गरेकोअन्तिम नामावलीमा नाम समावेश भएका मतदाताहरूले आफनो परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा अन्तिम नामावलीमा नाम भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र ,राहदानी ,वा जग्गा धनीकाे सक्कल पुर्जाकाे आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ । स्थानीय तहको निर्वाचनमा आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए मतदान गर्न पाउने… पुरा पढौ