
बागलुङ ।सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शैक्षिक क्षेत्र प्रभावित हुने भन्दै अभिभावकले चिन्ता लिइएको बेला बागलुङ नगरपालिका वडा नम्बर ७ मा आइतबार शैक्षिक संस्था नियमितरूपमा संचालन गर्ने निर्णय गरेको छ ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आए लगत्तै बैशाख १२ गते बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले शनिबार र आइतबार दुई दिन बिदा दिदाबिद्यालयकाे पठनपाठनमा असर पर्ने देखिएकोले आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखिदिउँसो १ बजेसम्म बिद्यालय संचालन गर्ने वडाको निर्णय भएको वडा अध्यक्ष मेघनाथ गैरेले हिडन खबर लाई बताउनुभयो ।
अहिले सातामा १ दिन बिदा दिदात बिद्यालयमा बिद्यार्थीकाे काेर्स सकिदैन दुई दिन बिदा दिदा यसले बिद्यार्थीकाे पढाइमा ठूलो असर गर्ने भएको हुदा आइतबार पनि बिद्यालय संचालन गर्ने निर्णय गरेको अध्यक्ष गैरेले बताउनुभयो ।
वडाले आइतबार बिद्यालय संचालन गर्ने गरेको निर्णय लाई स्थानीय अभिभावकहरूले भने प्रसंसा गरेका छन् ।सरकारले इन्धन बचत गर्नकाे लागि सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएपनि बिद्यालयकाे हकमा भने यो निर्णय ब्यबहारिक थिएन वडा नम्बर ७ ले गरेको निर्णय लाई नगरपालिका भरि लागू गराउन उपयुक्त हुने धारणा राखेका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ७ मा मुलपानी माध्यमिक बिद्यालय ,बिश्वकर्मा माध्यमिक बिद्यालय ,तिताैरे माध्यमिक बिद्यालय ,गाैरी शंकर प्राबि ,जनचेतना प्रावि ,र सरस्वती प्रावि गरि ६ वटा बिद्यालय वडा नम्बर ७ भित्र संचालन भइरहेको छ ।












