बागलुङ नगरपालिकाका मेयर कुचो लिएर सरसफाइ अभियानमा

- मेयर श्रेष्ठ सहित जनप्रतिनिधि र कर्मचारीको टिमले कार्यालय परिसरमा शनिबार सरसफाइ गरेको हो

-


     राजनीतिक ब्यूरो    
     जेठ १४ गते २०७९ मा प्रकाशित


स्थानीय तहको निर्वाचन संगै सबैभन्दा बढी चर्चामा आउनु भएका जनप्रतिनिधि मध्य एक नम्बरमा पर्ने काठमाडौका वालेन साह र धरानका हर्कराज साप्पाङ्ग राई हुन् ।स्वतन्त्र रूपमा जनताको मन जितेर चुनाव जित्न सफल यी दुई पात्रको चर्चा यतिबेला देशभर छ ।

धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेकाे खबर सार्वजनिक भए संगै बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले हातमा कुचो लिएर शनिबार एकाएक बागलुङ नगरपालिका बसेकाे कार्यालय परिसरमा सरसफाइ गरेर अभियानमा जुटेका छन् ।

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको जाेश जाँगर हेर्दा यिनी पनि केही गर्छु भन्ने भावनाका ब्यक्ति हुन् भनेर बागलुङ नगरबासीले आशा गरिरहेका छन् ।दुई कार्यकाल बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व गरिसकेका ब्यक्ति भएको कारणले पनि यिनी संग नगरबासीकाे आशा छ ।

क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेकाे खबर सामाजिक संजालमा भाइरल भएपछि बागलुङका मेयरले अहिलेसम्म फाेहाेर रहेको नगरपालिका परिसरमा सरसफाइ गरेपछि बागलुङ नगरबासीले यसलाई सकारात्मक नकारात्मक दुई दृष्टिकोण बाट टिप्पणी गरेका छन् ।

स्थानीय सरकारकाे रूपमा रहेको बागलुङ नगरपालिका भित्र जनप्रतिनिधि भएपनि हिजोको दिनमा आफ्नो कार्यालय समेत सरसफाइ राख्न नसकेको कारणले नगर भित्रकाे फाेहाेर ब्यबस्थापन हुन नसकेको भन्दै सामाजिक संजालमा अब नगर क्षेत्रकाे सरसफाइ लाई ध्यान दिन आवश्यक रहेको भनेर टिप्पणी गरेका छन् ।

धरानका मेयर राईले झाडु लिएर आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएपछि बागलुङ नगरपालिका भित्र नगर खानेपानीले वितरण गर्ने पानी धमिलो अशुद्ध फाेहाेर भएको भन्दै त्यसलाई सुधार गर्न मेयर बसन्त लाई त्यसमा ध्यानाकर्षण गराउदै सामाजिक संजालमा सल्लाह सुझाव दिएका छन् । राम्रो सल्लाह सुझाव सबैको लिनुपर्छ सबै मिलेर गएको खण्डमा अवश्यपनि बागलुङ नगरपालिका लाई राम्रो बनाउन सकिन्छ भन्ने धारणा नगरबासीकाे रहेको छ ।

साच्चै भन्ने हाे भने अहिले जनप्रतिनिधिको कामको मुल्यांकन गर्ने बेला भएको छैन ।गठबन्धन बाट निर्वाचित मेयरले बागलुङ नगरपालिका लाई कस्तो बनाउने भनेर निर्वाचनको बेला प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभएको छ यसलाई अब लागू गराएर जाने दायित्व वहाँकाे काँधमा आएको छ सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेर नगरपालिका लाई राम्रो बनाउन सहयोग गर्न जरुरी देखिन्छ ।