
बागलुङ ।पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता हुनुपर्ने माग गर्दै राष्ट्रिय उपभोक्ता मन्च बागलुङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले प्रधानमन्त्री मन्त्री शेरबहादुर देउवा समक्ष सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल मार्फत साेमबार पेट्रोल ,डिजेल ,मत्तितेल ,ग्यास लगायतमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् ।

अहिले भएको मुल्य वृद्धिले आम उपभोक्ता मर्कामा पर्ने भन्दै नेपाल आयल निगमलाई अहिले बढेको मूल्य फिर्ता गराउन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत प्रधानमन्त्री लाई अनुरोध गरेको छ ।
अहिले भएको इन्धनको मूल्य वृद्धिकाे प्रभाव सबै क्षेत्रमा पर्ने हुदा यस्तो संबेदनसिल बिषयमा सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको राष्ट्रिय उपभोक्ता मन्चले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापनपत्र आजै प्रधानमन्त्रीकाे कार्यालयमा पठाइ दिने सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेलले बताए ।
आयल निगमले आइतबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको जनाएको छ ।पेट्रोल प्रतिलिटर १८० रूपैयाँ ,मत्तितेल ,डिजल १६३ रूपैयाँ र खाना पकाउने ग्यास १८०० रूपैयाँ पुर्याएकाे छ ।









