विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण

-


     हिडन खबर    
     जेठ ५ गते २०७९ मा प्रकाशित


बागलुङका एक व्यवसयीले पर्वतको जलजला गाउँपालिका २ मा रहेको विन्द्यवासिनी प्राविका विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । बागलुङ बजारमा नव हिरा साइकल सेन्टर संचालन गर्दै आएका व्यवसायी राजेश बास्कोटाले विन्द्यवासिनी प्राविमा अध्ययन गर्ने विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यालयका सस्थापक हजुरबुबा स्व.क्षेत्र बहादुर अधिकारी तथा आमा हिरा कुमारी बास्कोटाको स्मृतिमा कक्षा १ देखी ५ सम्म का ३५ जना विध्याथीलाई पोशाक तथा शैक्षिक सामागीरी वितरण गरेका हुन् । २०२१ सालमा स्थापना भएको सो विद्यालयमा दलित तथा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिका अध्ययन गर्ने गरेका छन् । भुगोलका हिसाबले उच्च स्थानमा रहेको सो विद्यालयमा बिहानै देखि हावा चल्ने भएकोले चिसो हुने हुने गर्दछ ।
दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउने दायित्व सवैको भएकोले पोषाक तथा शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता राजेश बास्कोटाले बताए । पछाडि परेका समुदाय, गरिब, दलित जेहेन्दार बिद्याथीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेर विद्यार्थीमा थप हौसला प्रदान गर्ने उदेश्यले सहयोग गरेको बास्कोटाले बताए ।

पुर्व शिक्षक कृष्ण बहादुर अधिकारीको अध्यक्षता विद्यालयका प्रअ गुप्त बहादुर जिसीको स्वागत र शिक्षक राधिका पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।