
बागलुङ ।बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचित जनप्रतिनिधिले आफ्नो जिम्मेवार सम्हालेका छन् । वडा अध्यक्ष शनि केसी ,वडा सदस्य धनमाया शर्मा ,अर्जुन खड्का ,नगेन्द्र केसी ,पवित्रा सुनारलाइ एक कार्यक्रम बिच वडाका कर्मचारीले स्वागत गरेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसीले
आफ्नो पदभार सम्हाले लगत्तै आर्थिक बिपन्नाताका कारण पढ्न नसकेका बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता पाैडेल लाई पढाउने जिम्मेवारी लिएको घाेषणा गर्नुभएको छ ।१२ कक्षा भेटनेरी पास गरेका पाैडेललाई उच्च शिक्षा सम्म पढ्न घर परिवार बाट समर्थ नभएपछि पढाउने जिम्मेवारी अध्यक्ष केसीले आफ्नो तलबभत्ता बाट गर्ने प्रतिबद्धता गर्नुभएको थियोे ।
वडा नम्बर ३ का निर्वतमान वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले वडामा जनताको सानातिना काम सहजरूपमा गरिदिने हाे भने समस्याको समाधान तत्काल हुन धारणा राख्नुभएको थियोे । बागलुङको ३ नम्बर वडा सबैभन्दा संवेदनशील वडा भएको जनसंख्याको हिसाबले भुगाेलकाे हिसाबले ठूलो भएको हुदा काम गर्दा बिचार गरेर गर्नुपर्ने बाँस्कोटाले बताउनुभयो । काम गर्दा सबै एकजुट भएर गर्ने हाे भने समस्या नहुने विकासको काममा सबैको भुमिका अनिवार्य भएको बाँस्कोटाले धारणा राख्नुभएको थियोे ।
वडा कार्यालयले निर्वतमान वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा,वडा सदस्य कमल खड्का ,राेशन खड्का ,नवीन किसान ,रेवती किसान ,दुर्गादेबी शर्मा लाई फूल अविर र करूवा दिएर बिदाइ गरिएको थियो । कार्यक्रम संचालन वडा सचिव हरि सिलवालले गर्नुभएको थियोे ।









