
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आइतबार बिहानबाट मतगणना सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ दगातुन्डाँडाबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
बडिगाड गाउँपालिकाका १० वटा वडाहरुमध्य वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।
बैशाख ३० गते साँझ ८ बजे गाउँपालिका भित्रका २६ बटै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु मतगणना स्थलमा आएपनि नेकपा एमालेको अबरोधका कारण सर्वदलीय बैठक बस्नसकेको थिएन ।
गाउँपालिकाको बडा नम्बर-४ जलजलाको गुफा आधारभूत बिद्यालयको मतदान केन्द्रमा बुथ कब्जाको आरोप सहित नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेश गरि अधिकृतले बोलाएको सर्वदलीय बैठकमा उपस्थित नहुँदा ३८ घण्टादेखि मतगणना प्रक्रिया सुरुहुन सकेको थिएन ।
तर उक्त केन्द्रमा खटिएका मतदान अधिकृत र सुरक्षा प्रमुखको प्रतिबेदन अनुसार बुथ कब्जा नभएको पाइएपछि बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गणना सुरु गरिएको निर्वाचन अधिकृत सीता देवी सुवेदीले बताउनुभयो ।
गाउँपालिकामा कुल २२ हजार १ सय ५३ मत मध्य ६३.४८ अर्थात १४ हजार ६३ मत खसेको थियो ।












