
निर्वाचन आयोगले प्रकाशित गरेकोअन्तिम नामावलीमा नाम समावेश भएका मतदाताहरूले आफनो परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा अन्तिम नामावलीमा नाम भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र ,राहदानी ,वा जग्गा धनीकाे सक्कल पुर्जाकाे आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए मतदान गर्न पाउने कि नपाउने भन्ने अन्याैल रहेको समयमा आयोगले प्रेस विज्ञप्ति मार्फत सम्बन्धि निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि सबैलाई सहज भएको छ ।
बैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउनको लागि बागलुङ जिल्लाकाे १०३ वटा मतदान केन्द्रमा निर्वाचन अधिकृत खटिएर सम्बन्धित ठाउँमा पुगिसकेका छन् ।












