बैंकर्स बागलुङकाे सहयोग मानब सेवा आश्रमलाई

-


     हिडन खबर    
     जेठ १० गते २०७९ मा प्रकाशित


विशुद्ध रूपमा नेपालीहरूकाे सहयोगमा संचालित मानव सेवा आश्रम लाइ बागलुङ स्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुखहरूले आर्थिक सहयोग गरेको छ ।

बैकका शाखा प्रवन्धकहरूले ब्यक्तिगत रूपमा संकलन गरेको रकम रु २५ हजार सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रममा अभिभावक सुनिता श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएकाे थियो ।कार्यक्रम बैंकर्स बागलुङ का अध्यक्ष दीपक शर्माले विशुद्ध परोपकारी भावनाले ओतप्रोत भै सामूहिक प्रयास बाट मानब सेवा प्रति समर्पित संस्था, मानब सेवा आश्रमकाे लागि उक्त रकम सहयोग गरेको बताउनु भयो।

कार्यक्रम मा बागलुङ स्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा प्रबन्धक हरूको उपस्थिति रहेको थियो। कार्यक्रम बैंकर्स बागलुङअध्यक्ष का दीपक शर्मा को अध्यक्षता र सचिव हेमराज शर्मा काे सञ्चालनमा सम्पन्न भएको थियो।

आश्रममा अशक्त ,अपांग ,जेष्ठ नागरिक ,बालबालिका ,मानसिक सन्तुलन ठिक नभएका ५० जना ब्यक्तिहरूले आश्रय लिइरहेका छन् ।