शिक्षा

लायन्स क्लब बाट एकल महिला लाई सहयोग प्रदान

बागलुङ माघ १० बागलुङमा एकल महिलालाई सहयोग हस्तान्तरण गरिएको छ। विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धौलागिरी बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामले बागलुङ नगरपालिका–५, मालिकामा सहयोग प्रदान गरेको छ। मौलाडाँडा निवासी एकल महिला कालिका किसान र उहाँकी छोरी सोबिता किसानलाई खाद्यान्न, सरसफाइका सामग्री, ब्लाङ्केट, आयआर्जनका लागि कुखुराका चल्ला तथा दाना हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सफल बनाउन लायन्स क्लबका अध्यक्ष तथा सदस्यहरू, लायन्स क्लब अफ बागलुङ युनियनका कोषाध्यक्ष ईश्वर खत्री, वडा नं. ५ का अध्यक्ष हरि… पुरा पढौ

जेष्ठ नागरिक समाजको १५औँ वार्षिकोत्सव सम्पन्न

लेखनाथ, ५ माघ पोखरा महानगरपालिका वडा नं. ३१ शिशुवा जेष्ठ नागरिक समाजको १५औँ वार्षिकोत्सव समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। जेष्ठ नागरिकको सम्मान, संस्कार संरक्षण तथा संस्थागत विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले जेष्ठ नागरिकको भूमिका र दायित्वबारे जोड दिएका छन्। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्रीकृष्ण गुरुङले समाजका संस्थापक टिकराम वास्तोलालाई धन्यवाद दिँदै जेष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको उल्लेख गर्नुभयो। उहाँले जग्गा प्राप्तिसँगै भवन निर्माण… पुरा पढौ

बिहुँकाेट विकास मन्च बागलुङकाे अध्यक्षमा बेद प्रसाद कडेल

बागलुङ पुस ३० सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने उदेश्यका साथगठन भएको बिहुँकोट बिकास मञ्चको तेस्रो अधिवेशन बाट अध्यक्षमा सर्वसम्वत रूपमा बेद प्रसाद कँडेल निर्बाचीत हुनु भएको छ । उपाध्यक्षमा गाेविन्द प्रसाद कडेल सचिब मणिभद्र कँडेल ,कोषाध्यक्ष चण्डीप्रसाद कँडेल चयन हुनुभएको छ ।कार्यसमितिकाे सदस्यहरूमा हरिलाल कडेल ,जमुना सापकोटा ,काेपिला पुन ,कल्पना गाैतम कडेल ,कृष्णप्रसाद कडेल,लिलाधर ढुंगाना ,देवनारायण सापकोटा ,भीमबहादुर विक धनकुमारी परियार ,दुर्गादत्त रिजाल भक्त बहादुर पुन ,मनाेहर कडेल र भुमिश्वर कडेल सर्वसम्मत रूपमा चयन भएका छन् । बिहुँकाेट समाजले… पुरा पढौ

श्री सरस्वती प्राथमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ ।पुस २७ बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा अवस्थित श्री सरस्वती प्राथमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रामुजी विक र राम पौडेलको उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू—जस्तै हाजिरीजवाफ, हिसाब दौड, बेलुन डान्स, मेच घुमाइ, चम्चा–गुच्चा, रिले दौड तथा भित्र–बाहिर खेल सञ्चालन गरिएका थिए। अभिभावक, शिक्षक तथा… पुरा पढौ

आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न अभिमुखीकरण कार्यक्रम

बागलुङ पुस २६प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र औषधि पसलमा कार्यरत व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ का प्रावधान, कसुरको सूचना र अनुसन्धानसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले ऐनको पालना गर्दै आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा मन्तव्य व्यक्त… पुरा पढौ

श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ।पुस २५ बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गीता कुमारी विक, जनप्रतिनिधिहरू विष्णु शर्मा र लक्ष्मीदेवी चापागाईं, पूर्व वडा अध्यक्ष गोपालप्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेवी शर्मा, दीपक बराल, रोका रामुजी विक, वडा… पुरा पढौ

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल

चितवन, १९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरीक्षणपछि बोल्दै मन्त्री खरेलले सरकारले हाल सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभर कार्यरत सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु अत्यन्त जरुरी छ।”पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै उहाँले नेपाल पत्रकार महासंघ चितवन शाखा अन्य शाखाको तुलनामा… पुरा पढौ

खानेपानी संस्था स्थापनाकाे अवसरमा बृहत् रक्तदान

काठमाडौं पुस १९ राजधानीमा रगत अभावका कारण विरामी समस्या परेकाे जन गुनासो आएपछि राजधानीमा दिनहुँजसो रक्तदान कार्यक्रम संचालन भइरहेको छ । राजधानीकाे एक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बृहत् रक्तदान कार्यक्रम गरेर आफ्नो १७ आ‌ैं स्थापना दिवस मनाएको छ । स्वास्थ जीवनका लागि पिउने पानीमा शुद्धता घर घरमा पुर्‍याउने हाम्रो प्रतिबद्धता भन्ने नारासहितस्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्थापना दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । रगत अभावकाे कारणले कुनैपनि विरामीकाे मृत्यु नहाेस भन्ने… पुरा पढौ

गौरी शङ्कर मनिलाल मा.विको ५४औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, पौष १२कास्कीको माछापुच्छ्रे गाउँपालिका–९, सैतिखोलामा अवस्थित श्री गौरी शङ्कर मनिलाल माध्यमिक विद्यालयको ५४औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता तथा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले विद्यालय स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयको दिगोपन र शैक्षिक गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, विद्यालयमा खेलकुद मैदानको अभाव रहेको… पुरा पढौ

संगीतसँगै अध्ययनलाई अघि बढाउँदै मोडल अस्मिता राना

कलाकार नाच्न–गाउन मात्र सीमित हुँदैनन्। उनीहरू अभिनय, वाद्यवादन, निर्देशन, लेखनजस्ता विविध कलामा समेत दक्ष हुन्छन्। स्टेजमा प्रस्तुति दिँदा दर्शकलाई पनि सँगै गाउन–नाच्न प्रेरित गर्ने, लोकगीतको माध्यमबाट आर्थिक तथा आत्मसन्तुष्टि प्राप्त गर्ने उनीहरूको विशेषता हुन्छ। त्यसैले कलाकारलाई केवल नाच्ने–गाउने व्यक्ति मात्र भन्नु उनीहरूको क्षमताको सानो अंश मात्र हो, किनकि कलाकारको दायरा निकै फराकिलो हुन्छ। कलाकारको अर्को महत्वपूर्ण पक्ष शिक्षा पनि हो। हालै त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीहरूमध्ये स्याङ्जाकी मोडल तथा नृत्यांगना अस्मिता राना मगर पनि दीक्षित भएकी छन्। समाजशास्त्र विषयमा स्नातकोत्तर… पुरा पढौ