शिक्षा

भदौ १ मा संहिताको स्मरण : आदर्श विद्यालयमा ‘संहिता दिवस’ विशेष कार्यक्रम सम्पन्न

बागलुङ, भदौ १२०७५ साल भदौ १ गतेदेखि लागू भएका मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको स्मरणमा बागलुङको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा संहिता दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ। बागलुङ जिल्लाको कानुन विषय अध्यापन गर्ने एकमात्र विद्यालयको हैसियतमा रहेको आदर्श विद्यालयले यही दिनलाई संहितासम्बन्धी दिवसका रूपमा मनाउँदै स्थापना दिवसको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र केसी, सहायक प्रधानाध्यापक दिपक सुवेदी, कानुन विषयका शिक्षकहरू ऋषिराम रिजाल, हरिप्रसाद गौतम र सरोज पन्त, साथै नेपाल पत्रकार महासंघका… पुरा पढौ

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बागलुङ, साउन २९ हालको शिक्षण प्रणाली व्यवहारिकभन्दा सैद्धान्तिकमै केन्द्रित रहेको गुनासो भइरहेका बेला बागलुङको एक निजी विद्यालयले सामाजिक विषयलाई व्यवहारिक रूपमा सिकाउने अभ्यास थालेको छ। बागलुङ नगरपालिका–१, रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सामाजिक शिक्षाको ‘भूकम्प’ सम्बन्धी पाठलाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै उदाहरणीय कार्यको सुरुवात गरेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले सामाजिक विषय बहुआयामिक भएको उल्लेख गर्दै, “सामाजिक विषयहरू केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक रूपमा प्रस्तुत गर्नु आवश्यक छ,” भन्नुभयो। उहाँले विद्यार्थी स्वयं सक्रिय भएर प्रस्तुत गरेको… पुरा पढौ

बिद्यामन्दिर माध्यमिक बिद्यालयमा व्यापक अनियमितता भएको भन्दै अख्तियारमा पर्या उजुरी

बागलुङ श्रावण ४ तत्कालीन धाैलागिरि अन्चलकाे सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दि माध्यमिक बिद्यालय बागलुङमा खण्ड खण्डमा अखण्ड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा लिखित उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टाेलमा १९९७ सालमा शिक्षा सेवी आ‌ेमप्रसाद गाैचन र मेघकुमार बैधले स्थापना गरेको बिद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ बुँदे लिखित उजुरी परेको छ । बिद्यालयले बनाएको सटर भाडामा अनियमितता भएको  देखि छविरमण रेग्मीले प्रधानाध्यापक भएपछि बिद्यालयमा कर्मचारी शिक्षक नियुक्ति गर्दासमेत व्यापक… पुरा पढौ

स्वास्थ्य प्राविधिक शिक्षाको भर्ना प्रक्रिया अन्योलमा, विद्यार्थी अन्योलमा

काठमाडौं, असार ३० स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चले स्वास्थ्यतर्फका प्राविधिक शिक्षाका कार्यक्रमहरूमा भर्ना प्रक्रिया अन्योलमा परेपछि देशभरका विद्यार्थीहरू अन्योलमा परेको जनाएको छ। नियमित रूपमा हरेक वर्ष सञ्चालन हुँदै आएका कार्यक्रमहरू यस वर्ष समयमा सुरु नहुँदा विद्यार्थीहरूको भविष्य अन्यिश्चित बनेको मञ्चको भनाइ छ। मञ्चका महासचिव निर्मल सापकोटाका अनुसार, “स्वास्थ्य प्राविधिक शिक्षा सरकारको उच्च प्राथमिकता भित्र पर्छ भन्ने भनाइ भए पनि व्यवहारमा त्यसको प्रभावकारिता देखिएको छैन। अहिले देशभरका सयौं विद्यार्थीहरू भर्ना खुल्ने आशामा बसेका छन्, तर सम्बन्धित निकायको ढिलासुस्तीका कारण उनीहरू निराश… पुरा पढौ

कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि बागलुङ नगरपालिकाको छात्रवृत्ति आवेदन खुला

बागलुङ, असार २० – बागलुङ नगरपालिकाले कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ। नगरपालिकाको न्यायिक समितिकाे पहलमा उक्त छात्रवृत्ति कार्यक्रम ल्याइएको हो। न्यायिक सचेतना अभिवृद्धि तथा कानून विषयको प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूले निशुल्क अध्ययन गर्ने अवसर पाउनेछन्। नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख भएअनुसार, आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन फारम बुझाउनु पर्ने सुचना जारी गरेको छ । आवेदनका लागि आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको… पुरा पढौ

अभिलेख विवाद समाधान गर्न नगरपालिकाको निर्देशन, विद्यालयले गर्‍यो बेवास्ता

बागलुङ, असार १६ बागलुङ नगरपालिका-६ मा अवस्थित लहरेपिपल माध्यमिक विद्यालयमा संस्थापक अध्यक्षसम्बन्धी अभिलेख विवाद चुलिएको छ। यस विवाद समाधानका लागि नगरपालिका कार्यालयले एक हप्ते अल्टिमेटम जारी गरे पनि विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। नगरपालिकाले विद्यालयलाई संस्थापक अध्यक्षसम्बन्धी विवाद समाधान गरी विद्यालयको अभिलेख अद्यावधिक गर्न गत महिना एक हप्ते अल्टिमेटम दिएको थियो। तर डेढ महिना बितिसक्दा पनि विद्यालयले कुनै औपचारिक जवाफ नदिएको नगरपालिकाको भनाइ छ। यसअघि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा अभिलेखमा हेरफेर गरिएको आरोपसहित विवाद अदालतसम्म… पुरा पढौ

जैमिनी नगरपालिकामा विद्यालयस्तरीय न्यायिक सचेतना कार्यक्रम सञ्चालन

बागलुङको जैमिनी नगरपालिकामा रहेको न्यायिक समितिले नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कानुनी साक्षरता तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। यसै सन्दर्भमा बुधबार जैमिनी नगरपालिका–८ स्थित वसन्त माध्यमिक विद्यालय रिठावट, जनकल्याण मावि छिस्ती तथा वडा नम्बर ७ मा रहेको संस्कृत माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो। “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सन्देश विद्यार्थीहरूसमक्ष पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। कार्यक्रमका क्रममा समितिका सदस्य चित्रप्रसाद चापागाईंले कार्यक्रमको उद्देश्यबारे… पुरा पढौ

महिलालाई स्वरोजगारमा जोड्न निःशुल्क ब्यूटिसियन तालिम सम्पन्न

काठमाडौं, असार ९ महिला दिदीबहिनीहरूलाई सीप प्रदान गरी स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय र प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT), हेटौंडा मकवानपुरको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क असिस्टेन्ट ब्यूटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत २६ गतेदेखि सुरु गरिएको उक्त तालिम ६५ दिनसम्म सञ्चालन भएको थियो। ३९० घण्टाको व्यावसायिक सीपमूलक तालिममा २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले सौन्दर्य सेवा क्षेत्रसँग सम्बन्धित आवश्यक ज्ञान, सीप, व्यवहारिक अभ्यास र ग्राहकसँगको व्यवहार… पुरा पढौ

शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

📍 काठमाडौं, असार ९✍ हिड्न संवाददाता नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका विगतका सहमति कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्दै ती सहमतिहरू तुरुन्त लागू गराउन प्रतिपक्षी दलबाट बलियो साथको अपेक्षा राखेका थिए। शिक्षकहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशालाई सम्मानित र राष्ट्र निर्माणसँग जोडिएको महत्वपूर्ण पेसाका रूपमा प्रस्तुत गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त… पुरा पढौ

“बालमैत्री नगर” घोषणाकाे सफल कार्यान्वयन र दिगोपनकाे सुनिश्चितताकाे लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बागलुङ ।असार ६“बालमैत्री नगर” घोषणालाई प्रभावकारी कार्यान्वयन गर्दै यसको दिगोपन सुनिश्चित गर्ने उद्देश्यले माध्यमिक तहका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा मालिका माध्यमिक विद्यालय, मालिका–बागलुङ प्रथम स्थानमा विजेता बनेको छ।विधामन्दिर माध्यमिक विद्यालय दोस्रो स्थानमा तथा गणेश माध्यमिक विद्यालय तृतीय स्थानमा रहेका छन्। कार्यक्रममा विद्यार्थीहरूले बालमैत्री नगरको अवधारणा, अधिकार, जिम्मेवारी तथा सामुदायिक सहभागिता जस्ता विषयमा प्रभावशाली अभिव्यक्ति दिएका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ। पुरा पढौ