राजनीति

सगरमाथा संवादको अन्तिम तयारीमा नेपाल सरकार: परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करण अन्तिम तयारीको चरणमा रहेको जानकारी दिनुभएको छ। आज परराष्ट्र मन्त्रालयमा ごごसगरमाथा संवाद व्यवस्थापन समितिको बैठक सम्पन्न भयो, जसको अध्यक्षता मन्त्री डा. राणाले गर्नुभएको थियो। बैठकमा उहाँले नेपाल सरकार यो अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रभावकारी र ऐतिहासिक बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। “नेपालले पहिलोपटक यस्तो किसिमको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। यो सम्मेलनलाई एक स्थायी कूटनीतिक फोरमका रूपमा विकास गर्दै हरेक वर्ष आयोजना गर्ने सरकारको निर्णय भइसकेको… पुरा पढौ

राष्ट्रपति निवासमा अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निवास शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। शीतल निवास स्रोतका अनुसार, भेटवार्तामा हाल देशमा उत्पन्न भएको राजनीतिक अवस्था, गठबन्धन सरकारभित्रको समन्वय, आगामी राजनीतिक कार्यदिशा तथा संवैधानिक प्रक्रियाहरुबारे छलफल भएको जनाइएको छ। प्रचण्ड र राष्ट्रपति पौडेलबीचको यो भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ। केही दिन यता राजनीतिक दलहरूबीचको संवाद र समन्वयलाई तीव्र बनाउने प्रयास भइरहेका बेला यो भेटलाई… पुरा पढौ

धार्मिक प्रवचन आत्मसात् गर्दै समाजलाई सत्यको बाटोमा लैजाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं, वैशाख २३ – उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजान प्रवचन र ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्। रामकोटस्थित निर्माणाधीन बद्रीनारायण धामको एक कार्यक्रममा बोल्दै सिंहले “एउटा कानले सुनेर अर्को कानले उडाउने” प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे। धार्मिक कार्यक्रमहरूले असत्यबाट सत्यतर्फ लैजान सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै सिंहले सेवाभावले समर्पित व्यक्तिहरूको मूल्यांकन हुनुपर्ने बताए। उनले अधिकारसँगै दायित्वबोधको आवश्यकता पनि औंल्याए। उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट साथ दिन… पुरा पढौ

बजेट छलफलका लागि खुमलटारमा अर्थमन्त्री र माओवादी अध्यक्षबीच भेट

काठमाडौं, २३ वैशाखनेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज खुमलटारस्थित अध्यक्ष निवासमा भेटवार्ता भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख विपक्षी दलका नेतासँग सल्लाह–विमर्शको प्रक्रिया अघि बढाएका छन्। सोहीक्रममा आज अध्यक्ष दाहालसँगको भेटमा समावेशी, सन्तुलित र आर्थिक पुनरुत्थानमुखी बजेट निर्माणका विषयमा विचार–विमर्श भएको स्रोतले जनाएको छ। भेटमा पूर्वप्रधानमन्त्री दाहालले हालको आर्थिक अवस्था, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका… पुरा पढौ

नीति तथा कार्यक्रम कर्मकाण्डी बनाइयो: अध्यक्ष प्रचण्ड

काठमाडौं, वैशाख २२ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रमलाई औपचारिकता मात्र पूरा गर्ने कर्मकाण्डी अभ्यासमा सीमित बनाइएको आरोप लगाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि संसदमा धारणा राख्दै अध्यक्ष प्रचण्डले गत वर्षको अभ्यासले लोकतान्त्रिक छलफललाई प्राथमिकता दिएको भए पनि यस वर्ष सरकार आफैंले त्यो प्रक्रिया भत्काएको बताए। “गत वर्ष मैले संसदकै सुझावलाई ध्यानमा राखेर नीति तथा कार्यक्रमको औपचारिक परम्परा अन्त्य गर्न प्रयास गरेको थिएँ,” उनले भने, “तर यसपालि सरकारको निरंकुश चरित्र देखिएको… पुरा पढौ

सेवाभाव र समाजको हितनै राजनीतिकाे धर्म हाे : उपप्रधानमन्त्री सिंह

स्याङ्जा – उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवाभाव र समाजको हितनै सच्चा राजनीतिको धर्म भएको बताएका छन्। बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु समाज उन्नतिको आधार हुने बताए। “धर्मले समाजलाई गर्न हुने र नहुने कुरा छुट्याएर अघि बढ्न सिकाएको छ,” सिंहले भने, “धर्म व्यापार, उद्योग, राजनीति सबै क्षेत्रमा लागू हुन्छ।” महायज्ञबाट भक्तजनका लागि धर्मशाला निर्माणको उद्देश्य रहेको जानकारी दिँदै उनले मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस अवसरमा उनले… पुरा पढौ

कञ्चनपुरमा सहिद परिवारसँग अध्यक्ष प्रचण्डको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर, १७ वैशाख — नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा अमूल्य बलिदान दिएका ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको बलिदान सदा स्मरणीय रहने बताएका छन्। उनले सहिद परिवारप्रति सम्मान प्रकट गर्दै राज्य र पार्टी दुबै तर्फबाट न्याय, सम्मान र समावेशीताको ग्यारेन्टीका लागि निरन्तर प्रतिबद्ध रहने उल्लेख गरे।… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

कैलाली, वैशाख १६नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित कार्यक्रममा दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ। उहाँले अल्पसंख्यक राजी समुदायकी कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० की अनिशा थरूनीको शिक्षादेखि भविष्य निर्माणसम्मको जिम्मेवारी लिने घोषणा गर्नुभयो। कार्यक्रममा प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै दुबै बालिकालाई झोला र पाठ्यसामग्री हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा पार्टी नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। पुरा पढौ

पत्रकार सविना कार्कीमाथि प्रहरीद्वारा आक्रमण, प्रेस सेन्टर नेपालको गम्भीर आपत्ति

काठमाडौं, वैशाख १४ — काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीहरूबीच आइतबार भएको झडपका क्रममा प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्की गम्भीर घाइते भएकी छन्। स्थलगत रिपोर्टिङका क्रममा प्रहरीले प्रहार गरेको फोहर पानीले कार्कीका दुवै आँखामा गम्भीर चोट लागेको छ। यो घटनाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सेन्टरले पत्रकारमाथिको आक्रमणलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनामा पहुँच अधिकारमाथि गम्भीर आघात भएको भन्दै घटनाको भर्त्सना गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै प्रेस सेन्टर नेपालले… पुरा पढौ

सुदूरपश्चिमको विकासका लागि कृषि, पर्यटन र पूर्वाधारमा लगानी बढाउनुपर्ने : डा. राणा

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकांक सुधार गर्न कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज काठमाडौँमा सम्पन्न अन्तर्क्रियामा मन्त्री डा. राणाले सुदूरपश्चिम अहिले छैटौँ स्थानमा रहेकाले योजनाबद्ध विकासमार्फत सूचकांकमा उल्लेखनीय सुधार ल्याउन सकिने बताउनुभयो। उहाँले बजेट कनिका छर्ने शैलीमा नभई, प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। कृषि उत्पादनलाई व्यवसायिक र आधुनिकरण गर्दै बजार पहुँच विस्तार गर्नुपर्ने र बाँझिएको जमिनको सदुपयोगका लागि योजना बनाउनुपर्ने… पुरा पढौ