
काठमाडौँ, बैशाख २९ – किराँत समुदायको मौलिक पर्व उभौलीको अवसरमा किराँत समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।
सन्देशमा भनिएको छ, “उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव हो। यस पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्दछ।”
नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, भाषा र संस्कृतिको अधिकारलाई यस्ता पर्वहरूले थप जीवन्त बनाउने सन्देशमा उल्लेख छ।
सन्देशमा विविधतायुक्त समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने कुरामा जोड दिइएको छ। साथै, उभौली पर्वले किराँत समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै समावेशी, न्यायपूर्ण र समानतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।










