जन्मदिनको फजुल खर्च कटाएर मानवसेवा आश्रममा भोजन सेवा

-


     हिडन खबर    
     कार्तिक २ गते २०८३ मा प्रकाशित


बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठ र पूर्वअध्यक्ष तालबहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर मानवसेवा आश्रम बागलुङमा भोजन सेवा गरेका छन्।

दुवै लायन्स लिडरले आइतबार (कात्तिक १गते) बागलुङ नगरपालिका–१ निरयघाटस्थित मानवसेवा आश्रममा पुगेर ४५ जना आश्रितहरूलाई एक छाक भोजन गराएका हुन्।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले भोजन सेवा गरिएको हो।

व्यक्तिगत खुसीलाई असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवासँग जोड्दै उनीहरूले मानवता र सेवाभावको सन्देश दिएका छन्।
लायन्स क्लब अफ धौलागिरि बागलुङले सामाजिक सेवाका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। जन्मदिनको अवसरमा गरिएको यो सेवाले उत्सवलाई तडकभडकभन्दा मानवीय सहयोग र परोपकारसँग जोड्नुपर्ने सन्देश दिएको छ।

कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष मनाेज कुमार श्रेष्ठ क्लबका पुर्व अध्यक्ष तालबहादुर कुवर मानव सेवा आश्रम बागलुङका जिल्ला संयाेजक बिपना तामाङले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।कार्यक्रम लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष एवम् जाेन चेयपर्सन गणेश महताेकाे संचालनमा सम्पन्न भएको थियोे ।कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका लायन्स लिडर काजीमान गुरूङ राजेशचन्द्र राजभण्डारी राजकुमार श्रेष्ठ क्लबका काेषाध्यक्ष रामनाथ शर्माको बिशेश उपस्थिति रहेको थियो ।