परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्री यादवबीच भेटवार्ता, जलवायु र जैविक विविधता संरक्षणमा सहकार्यको चर्चा

-


     हिडन खबर    
     जेठ ३ गते २०८२ मा प्रकाशित


काठमाडौं, वैशाख ३ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवबीच सगरमाथा संवादको साइडलाइनमा आज भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचको समग्र सम्बन्ध, आपसी हित र सहकार्यका विविध आयामहरूबारे छलफल गरिएको थियो। मन्त्री डा. राणाले सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव तथा भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

भेटवार्ताका क्रममा नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उठाउँदै दुबै पक्षले उक्त सम्झौता दुवै देशका लागि महत्वपूर्ण भएको बताएका थिए। साथै, पछिल्लो समय जारी द्विपक्षीय भेटवार्ता र विविध क्षेत्रका इङ्गेजमेन्टबारे पनि सकारात्मक छलफल भएको थियो।

जलवायु परिवर्तन दुबै देशको साझा चिन्ता भएकाले त्यसको असर न्यून गर्न मिलेर अघि बढ्ने विषयमा पनि चर्चा भएको थियो।

भारतीय मन्त्री यादव सगरमाथा संवादमा सहभागिताका लागि बिहीबार काठमाडौं आइपुगेका हुन्।