गणेश मन्दिर जाने बाटो हिलाम्मे, स्थानीयलाई सास्ती

-


     सुजन आचार्य     
     कार्तिक १ गते २०८३ मा प्रकाशित


बागलुङ। जैमिनी नगरपालिका–कुस्मिसेरास्थित अस्पताल चोकदेखि बजार हुँदै गणेश मन्दिर जाने बाटो हिलाम्मे हुँदा स्थानीयवासी, पैदलयात्री र भक्तजनलाई आवतजावतमा सास्ती भएको छ।

बजार क्षेत्रमै सडकको अवस्था बिग्रिएपछि दैनिक आवतजावत असहज बनेको हो। धार्मिक स्थल जाने बाटोसमेत हिलाम्मे हुँदा सडक मर्मत र पानी निकासको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ।

जैमिनी नगरपालिका र सम्बन्धित वडा कार्यालयले स्थलगत निरीक्षण गरी बाटोको अवस्था सुधार गर्न आवश्यक पहल गर्नुपर्ने स्थानीयको अपेक्षा छ।

नागरिकले दैनिक प्रयोग गर्ने सडक व्यवस्थित बनाउन सम्बन्धित निकायले प्राथमिकता दिन आवश्यक छ।