अर्थतन्त्र

कुश्मिसेरामा २८ किशोरीलाई HPV खोप प्रदान

बागलुङ, असोज १४ — पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा लक्षित किशोरीहरूलाई एचपीभी (HPV) खोप प्रदान गरिएको छ। कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वय तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा वडा क्षेत्रभित्र रहेका तीन माध्यमिक विद्यालयका किशोरीहरूलाई खोप प्रदान गरिएको हो। स्वास्थ्य केन्द्रका अनुसार असोज १२, १३ र १४ गते सञ्चालन गरिएको खोप अभियानमार्फत तीनवटै विद्यालयका २८ जना किशोरीले एचपीभी खोप प्राप्त गरेका छन्। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिने ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमणबाट बचाउन यो खोप प्रभावकारी मानिन्छ।… पुरा पढौ

अविरल वर्षाले बागलुङमा ११ जनाको मृत्यु, ५१ घर पूर्ण रूपमा क्षतिग्रस्त

बागलुङ, असोज १३ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण बागलुङ जिल्लामा हालसम्म ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ पुरुष, ६ महिला र ३ बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन्। एक महिला अझै बेपत्ता रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार विपद्बाट जिल्लाभर ५१ वटा घर पूर्ण रूपमा र ५१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै १० वटा गोठ पूर्ण… पुरा पढौ

बाढीपीडितको घाउमा मल्हम बन्न पुग्यो लायन्स क्लब अफ निसीखोला

बागलुङ, असोज १२ । बाढी तथा पहिरोबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला कानाबगर क्षेत्रमा लायन्स क्लब अफ निसीखोलाले राहत तथा उद्धार सहयोगमा सक्रिय सहभागिता जनाएको छ। हामी सेवा गर्छौं’ भन्ने मूल भावनासहित स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोलाको टोली प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, उद्धार तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको हो। क्लबका अध्यक्ष अशोक कार्कीका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएको झिवाखोला–कानाबगर क्षेत्रमा पुगेर क्लबका सदस्यहरूले स्थानीयवासीसँग सहकार्य गर्दै… पुरा पढौ

जैमिनी–१ पोखरी गाउँमा बाढीले ६ हल खेत पुरियो

बागलुङ, असोज ११ । जैमिनी नगरपालिका–१, कुश्मिसेराको पोखरी गाउँमा गएराति आएको बाढीले स्थानीय किसानहरूको खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ। स्थानीय स्रोतका अनुसार बाढीका कारण जीवन आचार्य, विद्याधर आचार्य र सुजन आचार्यलगायत किसानहरूको करिब ६ हल खेत पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। लगातारको वर्षासँगै आएको बाढीले खेतमा लगाइएको बाली तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताइएको छ। खेत पुरिएपछि प्रभावित किसानहरू चिन्तित बनेका छन्। घटनाबाट भएको क्षतिको यथार्थ विवरण भने स्थलगत निरीक्षण तथा सम्बन्धित निकायको मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने जनाइएको… पुरा पढौ

मालढुंगा पुलमा क्षति, बागलुङ–पर्वत आवतजावत बन्द

बागलुङ, असोज ११ । निरन्तर वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा क्षति पुगेको छ। बाढीले पर्वततर्फको पुल जोडिएको भागमा कटान गरेपछि पुल जोखिममा परेको छ। कटानका कारण पुलको पिल्लर नजिकैबाट नदी बग्न थालेको स्थानीयले बताएका छन्। पुलमा क्षति पुगेपछि बागलुङ–पर्वत आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै मध्यपहाडी क्षेत्रको यातायात सम्पर्कसमेत प्रभावित बनेको छ। सम्बन्धित निकायले पुलको अवस्थाबारे निरीक्षण गरिरहेको र थप जोखिम मूल्याङ्कनपछि आवश्यक निर्णय गरिने जनाएको छ। पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १२ । “Leading with Purpose” भन्ने नारासहित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको पदस्थापन कार्यक्रम वर्षाका बाबजुद निरन्तर सञ्चालन भइरहेका छन्। यसै क्रममा असोज ११ गते काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्यान्डमा लायन वर्ष २०२६–२७ का लागि बागमती एरियाको इन्डक्सन तथा संयुक्त पदस्थापन (Induction & Joint Installation Ceremony) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन चिफ अफिसर लायन रमेश अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन… पुरा पढौ

निरन्तर वर्षापछि कालीगण्डकीमा बहाव बढ्दा जैमिनीधाम क्षेत्र डुबानमा

बागलुङ, असोज ११ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा बागलुङको जैमिनी नगरपालिका–१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र जैमिनीधाम डुबानमा परेको छ। नदीको जलसतह बढेसँगै जैमिनीधामस्थित मन्दिर परिसर तथा नयाँ जैमिनी ऋषिको मूर्ति रहेको आसपासको क्षेत्र पानीले ढाकिएको स्थानीयले बताएका छन्। लगातारको वर्षाले नदीको बहाव बढेपछि तल्लो भूभागमा पानी पस्न थालेको हो। स्थानीयका अनुसार कालीगण्डकीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका संरचना, धार्मिक स्थल तथा अन्य भौतिक पूर्वाधारमा जोखिम बढेको छ। नदीको सतह बढेपछि जैमिनीधाम आउने–जाने… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १० लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लस्टर चिफ लायन नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहाल चापागाईं र पूजा चौधरीको नेतृत्वमा रहेका क्लबहरूको इन्डक्सन तथा संयुक्त पदस्थापन समारोह आयोजना गरिएको हो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। समारोहका प्रमुख अतिथि एवं इन्स्टलेसन अफिसर, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीसहित सम्पूर्ण आयोजक… पुरा पढौ

कास्कीमा गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा सुरु

पोखरा, असोज ९ — जिल्ला समन्वय समिति कास्कीमा जिल्लाभर क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभयो। उहाँले गैरसरकारी संस्थाहरूलाई स्पष्ट योजना, पारदर्शिता र उत्तरदायित्वका साथ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो। पौडेलले मानव विकास तथा दिगो विकास लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनबमोजिम कर्मचारीका सेवा–सुविधा सुनिश्चित गर्न र दातृ निकायबाट प्राप्त अनुदानको सदुपयोग गर्न सुझाव दिनुभयो। कार्यक्रममा गैरसरकारी संस्था… पुरा पढौ

अमर ज्योति गाउँफर्क माविमा लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा निर्माण गरिएको खानेपानी आयोजना हस्तान्तरण

कास्की, असोज ८ लायन्स क्लब अफ पोखरा समृद्धिले कास्कीको पोखरा महानगरपालिका–२६, जल्धारेस्थित श्री अमर ज्योति गाउँफर्क माध्यमिक विद्यालयमा निर्माण गरेको खानेपानी आयोजना विद्यालयलाई हस्तान्तरण गरेको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल नारासहित सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लबले सञ्चालन गरेको ड्रिंकिङ वाटर प्रोजेक्ट–२०२६ अन्तर्गत निर्माण गरिएको खानेपानी आयोजना बिहीबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो। आयोजना हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको… पुरा पढौ