बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

-


     हिड्न खबर संवाददाता     
     असाेज १० गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १०

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

क्लस्टर चिफ लायन नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहाल चापागाईं र पूजा चौधरीको नेतृत्वमा रहेका क्लबहरूको इन्डक्सन तथा संयुक्त पदस्थापन समारोह आयोजना गरिएको हो।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

समारोहका प्रमुख अतिथि एवं इन्स्टलेसन अफिसर, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीसहित सम्पूर्ण आयोजक टोलीप्रति सहभागीहरूले आभार तथा सम्मान व्यक्त गरेका थिए।

‘Rooted in Service’ र ‘We Serve, Leading with Purpose’ भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली, चिफ एडभाइजर मीनराज काफ्लेलगायत लायन्सका अग्रणी व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

डिस्ट्रिक्ट ३२५ के नेपालका ग्लोबल कज चिफ लायन इन्द्र भट्टका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको हो।