बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ अन्तर्गतको शोभा कलश यात्रा शुक्रबार धार्मिक उत्साहका साथ सम्पन्न भएको छ। कलश यात्रा बिहान लोकतान्त्रिक चोकबाट शुभारम्भ भई नगरका प्रमुख चोक तथा मार्गहरू—जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा, देउराली चोक, विद्यामन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपिपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञ स्थलमा समापन भएको थियो। यात्रामा विभिन्न आमा समूहहरूको सहभागिता उल्लेखनीय रह्यो।…
पुरा पढौ