अर्थतन्त्र

भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको सहयोग रकम हस्तान्तरण

काठमाडौं, भदौ १२ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि लायन्स मल्टिपल डिष्ट्रिक्ट नेपालको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत पहिलो चरणको सहयोग रकम हस्तान्तरण गरिएको छ। मल्टिपल डिष्ट्रिक्ट तथा नेपालभरका १५ वटै लायन्स डिष्ट्रिक्टको संयुक्त सहकार्यमा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ एम, नेपालले आफ्नो पहिलो चरणको दायित्वस्वरूप ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो। उक्त रकम डिष्ट्रिक्ट ३२५ एम, नेपालको तर्फबाट मल्टिपल काउन्सिल… पुरा पढौ

रसुवाका बाढीपीडितलाई रोटरी क्लब अफ ज्ञानेश्वरद्वारा ४ लाख ५० हजार बराबरको राहत सहयोग

काठमाडौं, भदौ १२ चीनको तिब्बत क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण रसुवा लगायतका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संवेदनशील हुँदै रोटरी क्लब अफ ज्ञानेश्वरले बाढीपीडितका लागि राहत सामग्री सहयोग गरेको छ। क्लबले प्रभावित परिवारको तत्काल राहत तथा दैनिकी सहज बनाउन गृहमन्त्री सुधन गुरूङकाे संस्था ‘हामी नेपाल’ संस्थामार्फत करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री रसुवा पठाएको जनाएको छ। रोटरी क्लब अफ ज्ञानेश्वरकी चार्टर अध्यक्ष रसुमिला श्रेष्ठका अनुसार विपत्तिको घडीमा पीडित नागरिकको साथमा उभिन क्लबले मानवीय सहयोग अभियान… पुरा पढौ

विपत्तिको घडीमा प्रधानमन्त्री राहत कोषमा बिप्लव हमालको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

पर्वत, भदौ ११ – प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतका सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। हमालले बिहीबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। बैंकमार्फत रकम जम्मा भएको भुक्तानी विवरणमा कारोबार सफल भएको उल्लेख गरिएको छ। विपत्तिको कठिन घडीमा गरिएको सहयोगलाई प्रचारभन्दा पनि मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।… पुरा पढौ

फेडवासनको २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला सम्पन्न

काठमाडौं, भदौ ११ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला काठमाडौंमा सम्पन्न भएको छ। ‘सुशासन, पारदर्शिता, जवाफदेहिता र समावेशिता : दिगो तथा गुणस्तरीय खानेपानी र सरसफाइको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौती, सुशासन, पारदर्शिता, खानेपानीको गुणस्तर, जलवायु परिवर्तनको प्रभाव तथा उपभोक्ताका अधिकारका विषयमा व्यापक छलफल गरिएको फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो। कार्यक्रममा संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल प्रमुख अतिथिका… पुरा पढौ

बाढी–पहिरो पीडितलाई सहयोग गर्न लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको आह्वान

काठमाडौं, भदौ १० – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले नुवाकोट र रसुवा जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न सम्पूर्ण लायन्स सदस्य तथा क्लबहरूलाई सक्रिय हुन आह्वान गरेको छ। डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले एक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र स्थानीय बासिन्दा कठिन परिस्थितिमा बाँच्न बाध्य भएको उल्लेख गरेका छन्। उनले विपद्को यस घडीमा लायन्सको मूल मन्त्र “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै प्रभावित परिवारका लागि राहत तथा सहयोगका… पुरा पढौ

बाढीपीडितको उद्धार र राहतमा जुट्न लायन्स इन्टरनेशनल डाइरेक्टर राजन लम्सालको आह्वान

काठमाडौं, भदौ १० — चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि लायन्स क्लब्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले उच्च सतर्कता अपनाउन तथा राहत र उद्धार कार्यमा सक्रिय रूपमा जुट्न आह्वान गरेका छन्। लम्सालले आज जारी गरेको अपिलमार्फत त्रिशूली नदी तटीय क्षेत्रका सम्पूर्ण बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेका छन्। उनले प्राकृतिक विपद्का बेला मानवीय सेवा र सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्। अपिलमा नेपालभरका १५ वटा लायन्स डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूलाई… पुरा पढौ

जन्मदिनको अवसरमा मानवीय सेवा, लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा आर्थिक तथा खाद्यान्न सहयोग

कास्की, भदौ १० — “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिएका छन्। यसैक्रममा, लायन्स क्लब अफ पोखरा समृद्धि ले संस्थापक सदस्य ममता गुरुङको जन्मदिनको अवसरमा मानवीय सेवा कार्यक्रम सम्पन्न गरेको छ। क्लबले पोखरा–११, फुलबारी निवासी विजय भट्टराईलाई नगद रकम तथा खाद्यान्न सामग्री सहयोग गरेको हो। भट्टराई विगत १५ वर्षदेखि मोटरसाइकल दुर्घटनापछि उपचाररत रहँदै आउनुभएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भइरहेको जानकारी… पुरा पढौ

सुत्केरी आमाको मृत्युपछि नवजात शिशुलाई लायन्स क्लब अफ निसिखोलाको सहयोग

बागलुङ, भदौ ९ “जहाँ दुख्छ, त्यहाँ पुग्छ लायन्स क्लब अफ निसिखोला” भन्ने नारालाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ निसिखोलाले दुःखमा परेका एक परिवारलाई मानवीय सहयोग प्रदान गरेको छ। केही दिनअघि निसिखोला गाउँपालिका–३ धाराखर्कस्थित मिना सुनारले बोहोरागाउँ स्वास्थ्य चौकीमा सामान्य प्रसूति (नर्मल डेलिभरी) गरेकी थिइन्। प्रसूति पश्चात् स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो। उक्त घटनापछि नवजात शिशुले जन्मिने बित्तिकै आमाको माया गुमाउनुपरेको थियो। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको… पुरा पढौ

महिला उद्यमीका लागि कानुनी सचेतना आवश्यक : मन्त्री गुरुङ

लेखनाथ, भदौ ८ — गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक भएको बताएकी छन्। लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित आमा समूह तथा महिला उद्यमी लक्षित कानुनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री गुरुङले महिलाले आफ्नो अधिकार, दायित्व र कानुनी प्रक्रियाबारे जानकारी राखे व्यवसाय सुरक्षित र प्रतिस्पर्धी बन्ने बताइन्। उनले संविधानले प्रत्याभूत गरेको समानता र न्यायको अधिकार महिलाहरू कानुनी रूपमा सचेत भएपछि मात्र व्यवहारमा स्थापित हुने उल्लेख गरिन्। महिला नेतृत्व र शिक्षाले… पुरा पढौ

उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न

काठमाडौं, भदौ ७लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रिजन–१ रिजन चेयर पर्सन रन्जिता श्रेष्ठको आयोजनामा उद्घोषण तथा प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बागलुङमा आयोजित तालिममा लायन्सका पदाधिकारी, सदस्य तथा विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षक गणेश महतोले उद्घोषण कला, प्रभावकारी सार्वजनिक वक्तृत्व, कार्यक्रम सञ्चालनका आधारभूत सीप तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा कार्यक्रम कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, मञ्च सञ्चालन गर्दा अपनाउनुपर्ने शिष्टाचार, श्रोतामाझ आत्मविश्वासका साथ… पुरा पढौ