अर्थतन्त्र

लायन्स क्लबहरूको पहिलो जोन मिटिङ सम्पन्न, सामाजिक सेवामा सहकार्य बढाउने प्रतिबद्धता

बागलुङ, असार २७ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत जोन–१ का क्लबहरूको पहिलो एडभाइजरी कमिटी बैठक बागलुङमा सम्पन्न भएको छ। लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा तथा लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लब अफ बागलुङ ब्लुसिपको सहकार्यमा बैठक आयोजना गरिएको हो। बैठकमा सहभागी वक्ताहरूले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई समुदायमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेतृत्व विकास, मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा क्लबहरूबीचको समन्वयलाई थप सुदृढ बनाउन… पुरा पढौ

डीजी टिम चेयरिङ कार्यक्रम सम्पन्न

काठमाडौ असार २७ हामी सेवा गर्छाैं भन्ने भावनाका साथ स्थापना भएकोसंसार कै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, असार २७ — लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का गभर्नर रमेश अधिकारी ,फस्ट डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल र सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली  ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का गभर्नररमेश अधिकारीले आफू नेता नभएर सेवा गर्न आएको सेवक… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथ सुनगाभाद्वारा सप्ताहव्यापी सेवा कार्यक्रम सम्पन्न

पोखरा ।असार २७ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ सुनगाभाले नयाँ कार्यकालको पदभार ग्रहणसँगै सञ्चालन गरेको सप्ताहव्यापी सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष लायन जिना मगरको नेतृत्वमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ। कार्यक्रमअन्तर्गत पहिलो दिन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण, वृक्षारोपण तथा अन्य सेवामूलक कार्यहरू सम्पन्न गरिएको थियो। दोस्रो दिन पोखरा महानगरपालिका–६ स्थित कोपिला नेपालको संरक्षणमा रहेका… पुरा पढौ

सुरक्षित र अनुशासित यातायात सेवामा व्यवसायीको प्रतिबद्धता

बागलुङ, असार २६ समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बागलुङका यातायात व्यवसायी र प्रहरीबीच सुरक्षित, अनुशासित तथा यात्रुमैत्री यातायात सेवा सञ्चालनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंसँग भएको अन्तरक्रियामा यातायात व्यवसायीहरूले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा यात्रुको सेवामा थप जिम्मेवार बन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रहरीले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र सुरक्षा निकायबीच सहकार्य बढाउँदै सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उद्देश्य राखेको छ। अन्तरक्रियाका क्रममा व्यवसायीहरूले प्रचलित… पुरा पढौ

किरण आचार्य टिका-धन क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

बागलुङ । असार २६ टिका-धन क्रियाशील पत्रकारिता पुरस्कार–२०८३ बाट यस वर्ष नेपाल टेलिभिजनका पत्रकार किरण आचार्य पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १४औँ साधारणसभा तथा २६औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा आचार्यलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा तथा शाखाका सचिव नारायण रिजालले आचार्यलाई सम्मानपत्र, दोसल्ला तथा नगद रु १० हजार सहित पुरस्कार प्रदान गरेका थिए । पत्रकारकाे काम सत्य तथ्य कुरा बाहिर ल्याउने… पुरा पढौ

ईन्द्रेणीको सम्मानसँगै आर्या गिरीको उपचारमा सहयोगी बने गायक विष्णु खत्री

काठमाडौं । लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक विष्णु खत्री ‘ईन्द्रेणी कार्यक्रम’द्वारा प्रदान गरिने प्रतिष्ठित ईन्द्रेणी स्रष्टा सम्मान बाट सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले यसलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भन्दै ईन्द्रेणी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।गायक खत्रीले कार्यक्रमका सञ्चालक तथा समाजसेवी कलाकार कृष्ण कंडेललाई विशेष धन्यवाद दिँदै ईन्द्रेणीले नेपाली संगीत, कला र मानव सेवालाई एउटै मञ्चमा जोड्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। सम्मान समारोहकै क्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवासँग नयाँ दोहोरी गीत रेकर्ड गरेका छन्, जुन… पुरा पढौ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा कास्की जिल्लास्तरीय अध्ययन समितिको पहिलो बैठक सम्पन्न

पोखरा, असार २२गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो।प्रमुख पौडेलले कास्कीका पालिका र वडासम्बन्धी नेपाल सरकारले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफलको थालनी गरिएको उल्लेख गर्दै, पाँच पालिकासहित समाजका अगुवा, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिकको सुझाव संकलन गरेर समिति अघि बढ्ने जानकारी दिनुभयो। पौडेलले नेपाल… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के विश्वकै नम्बर–१ क्लब विस्तार गर्ने डिष्ट्रिक्ट

बागलुङ, असार २२ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालले नयाँ लायन वर्ष २०२६–२७ को सुरुवातमै ऐतिहासिक सफलता हासिल गरेको छ। कार्यकाल प्रारम्भ भएको केही दिनभित्रै निर्धारित लक्ष्यभन्दा बढी नयाँ क्लब स्थापना गर्दै डिष्ट्रिक्ट ३२५ के विश्वमै सबैभन्दा धेरै क्लब विस्तार गर्ने डिष्ट्रिक्ट बन्न सफल भएको जनाएको छ। डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले सार्वजनिक गरेको धन्यवाद तथा आभार सन्देशमा लायन वर्ष २०२६–२७ का लागि तय गरिएको २९ वटा नयाँ क्लब स्थापनाको लक्ष्य पार गर्दै ३१ वटा नयाँ क्लब… पुरा पढौ

निजी क्षेत्र राष्ट्र निर्माणको मेरुदण्ड : मन्त्री रिजाल

पोखरा, असार २० — गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिजालले उद्यमी–व्यवसायी केवल करदाता मात्र नभई राष्ट्र निर्माण र आर्थिक समृद्धिका मेरुदण्ड भएको बताएकी छन्। शनिबार आयोजित लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग, व्यापार र उद्यमशीलताको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको बताइन्। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। मन्त्री रिजालले प्रदेश सरकारले चाँडै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरिरहेको जानकारी… पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

पोखरा, १८ असारलायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसरमा लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य सम्पन्न गरेको छ। क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो। एक समारोहका बीच क्लबका अध्यक्ष तथा पूर्व बैंकर गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष एवं गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। अध्यक्ष ढकालले नयाँ लायन्स वर्षको प्रारम्भ रचनात्मक तथा परोपकारी कार्यबाट गर्नका लागि यो… पुरा पढौ