बागलुङ, जेठ २४ —नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको प्रथम अधिवेशनबाट विमलेश आचार्य सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा क्रियाशील यस संघको शनिबार बागलुङमा सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठ तथा सदस्यहरू युवराज राजभण्डारी र रामराज गुरुङले सर्वसम्मत कार्यसमिति घोषणा गरेका हुन्। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ध्रुव खड्का र खुमबहादुर अदै, महासचिव नारायण पौडेल, उपमहासचिव मनोज खड्का र दीपक पौडेल तथा कोषाध्यक्षमा खिमबहादुर पुन रहेका छन्।त्यस्तै,…
पुरा पढौ