
ललितपुर, पुष २६
स्यस्य समाज यल, यल केन्द्रिय तथा इलाका नं. १ मिसा पुच: को संयुक्त आयोजनामा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम शनिबार ललितपुरको कोब्हा:मा सम्पन्न भयो।

प्रदर्शनीमा स्थानीय महिलाले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु तथा अन्य उत्पादनहरू प्रदर्शन र बिक्रीमा राखिएका थिए।
“महिलाले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने र आत्मनिर्भरता बढाउने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको स्यस्य: समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले बताए ।

यस प्रदर्शनीले महिलाहरूलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने मात्र नभई समाजमा महिला नेतृत्व र सहभागिता बढाउने अपेक्षा गरिएको ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यलेले बताए ।
कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्ने अवसर पाउनु ठूलो उपलब्धि भएको बताएका छन्। एक सहभागीले भनिन्, “हामीले बनाएका सामग्रीलाई यसरी सार्वजनिक रूपमा देखाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो।”

महिलाद्वारा उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्रीले स्थानीय उत्पादनलाई बजारमा पुर्याउने मात्र नभई महिलाको आर्थिक सशक्तिकरणमा ठोस योगदान पुर्याएको आयोजना गरेको महिला उद्यमी संगिता श्रेष्ठले बताए ।

यस किसिमका कार्यक्रमहरूले समाजमा महिला उद्यमशीलता र आत्मनिर्भरता प्रवर्द्धन गर्ने वातावरण निर्माण गर्ने कार्यक्रममा सहभागी रमेश लुइँटेलले बताए ।
कार्यक्रमको व्यवस्थापन स्वस्थ समाज यल, इलाका नं. १ कोब्हा: यलले गरेको थियो। आयोजकमा स्यस्य समाज यल, केन्द्रिय र इलाका नं. १ मिसा पुछ: यल रहेका थिए। स्थानीय निकाय र समुदायको सहयोगमा कार्यक्रमलाई सफल बनाउन तयारी गरिएको थियो।
स्थानीय वडाले महिला उद्यमीलाइ टेवा पुर्याउने कार्यक्रम गर्दै आएको आगामी दिनमा समेत सहकार्य गरेर जाने प्रतिबद्धता जनाएकाे छ ।













