बागलुङ, ३० पुष बागलुङ । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला–महोत्सव आयोजना भइरहेका छन्, जसका कारण कलाकारहरूको व्यस्तता बढ्दो छ। तीमध्ये पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन्। पौष ९ गते राष्ट्रिय औद्योगिक प्रदर्शनीबाट सुरु भएको उनको महोत्सव यात्रा हालसम्म दुई दर्जनभन्दा बढी कार्यक्रम पार गरिसकेको छ। त्यसयता उनले धादिङको गल्छी महोत्सव, इलामको सांस्कृतिक कार्यक्रम, तनहुँको दोस्रो भन्सार बजार महोत्सव, कैलालीको अत्तरिया महोत्सव, झापाको दुधे रंगशालामा आयोजित ‘न्यु एयर इभ’ कन्सर्ट, आठौँ पर्वत महोत्सव, बाँकेको कोहलपुर महोत्सव, दाङको…
पुरा पढौ