अर्थतन्त्र

विधि १३औँ वर्षमा प्रवेश, अन्तर्राष्ट्रिय बजार विस्तारको लक्ष्य

काठमाडौं – विधि प्राइभेट लिमिटेडले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले विभिन्न क्षेत्रका कर्पोरेट ग्राहकलाई उत्पादन–आधारित तथा अनुकूलित सफ्टवेयर समाधान प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसको एचआर तथा पेरोल सफ्टवेयर २०० भन्दा बढी कम्पनीले प्रयोग गरिरहेका छन्। त्यस्तै, निर्माण तथा जलविद्युत् क्षेत्रमा ईआरपी प्रणाली १०० भन्दा बढी कम्पनीमा कार्यान्वयन भइसकेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटाले १२ वर्षे यात्रा उपलब्धिमूलक रहेको उल्लेख गर्दै अब कम्पनी एआई–आधारित प्रविधितर्फ अग्रसर हुने… पुरा पढौ

बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती

बागलुङ चैत २५ उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरिएको छ । बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्ती बागलुङ नगरपालिका वडा नं.१ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवती मन्दीर, वडा नं. २ को ट्राफिक चोक नजिकै ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा… पुरा पढौ

महिला सशक्तीकरणको उदाहरण: ललितपुरमा हस्तकला र घरेलु सामग्री प्रदर्शनी

ललितपुर, चैत २१ ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम सम्पन्न भएको छ। स्यस्य समाज यल, केन्द्र तथा इलाका नं. २ मिसा पुचःको संयुक्त आयोजनामा शनिबार ललितपुरको भीमसेनस्थान, मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। प्रदर्शनीमा स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए। स्यस्य समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्‍याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।… पुरा पढौ

नयाँ वर्षदेखि काठमाडौँमा रात्रिकालिन बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रातको समयमा पनि सार्वजनिक बस चलाउन लागेको हो ।  महानगरका अनुसार यस्ता बस राति ८ बजेदेखि ११ बजेसम्म दुईटा रुटमा चल्नेछ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानिलकण्ठसम्म एउटा रुट हुनेछ । यस्तै, थानकोटदेखि सतुंगल, कंलकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

सञ्चारकर्मी तथा गायक कृष्ण सुवेदी युके प्रस्थान

बेलायतमा सक्रिय ‘पर्वत समाज यूके’ले नेपाली नयाँ वर्षको अवसर पारेर पर्वत जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सांगीतिक साँझ तथा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ। सन २००२ मा स्थापना भएको उक्त समाजले आगामी अप्रिल ४ तारिख शनिबार अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा सहभागी हुन गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी पहिलो पटक युके प्रस्थान गरेका छन्। सांगीतिक कार्यक्रमका लागि युके पुगेका गायक सुवेदीसँगै लोकदोहोरी गायिका सोनी कुँवर र गायिका निरा थापा मगरले पनि… पुरा पढौ

लेउवा संघमा रोजगारी अवसरका लागि अन्तरक्रिया

लेखनाथ, १८ चैत्र – लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसर र पूर्वसिकाइको मान्यता विषयमा स्नातक विद्यार्थी तथा रोजगारदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। औपचारिक शिक्षा हासिल नगरे पनि कार्यअनुभवका कारण सिप र दक्षता भएका व्यक्तिहरूलाई रोजगारीको क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि राज्यका सेवा–सुविधाबाट बञ्चित व्यक्तिहरूका लागि कार्यक्रम फलदायी हुने बताउँदै यसबाट उद्योगी व्यवसायीहरू समेत लाभान्वित हुने उल्लेख गरिन्। सो अवसरमा सामाजिक विकास, युवा तथा… पुरा पढौ

सरकारी सञ्चार माध्यमबाट मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं, चैत १९ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न र सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन सबै सरकारी निकायलाई सरकारी सञ्चार माध्यममार्फत मात्र सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। कार्यालयले बुधबार जारी गरेको परिपत्रमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहअन्तर्गतका सबै निकायलाई सार्वजनिक खरिदलगायतका सूचना सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम—गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन—मार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ। त्यस्तै, सार्वजनिक कोष प्रयोग गरी गरिने… पुरा पढौ

बागलुङका विकासका मुद्दा: संघीय सरकारको प्राथमिकतामा कहिले?

सुशासन, न्याय र योजनाबद्ध विकासमार्फत समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने मान्यतामा दृढ रहँदै, बागलुङ जिल्लाका केही महत्वपूर्ण मुद्दाहरू संघीय सरकारको प्राथमिकतामा समेटिनु आजको आवश्यकता बनेको छ। दीगो विकासका आधार तयार पार्ने पूर्वाधारदेखि लिएर कृषि, जलविद्युत, पर्यटन र वातावरणीय चुनौतीसम्मका विषयहरू अब ढिलाइ नगरी सम्बोधन गरिनुपर्छ। बागलुङको समग्र विकासका लागि राष्ट्रिय स्तरका सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण, जलविद्युत उत्पादन तथा पर्यटन प्रवर्द्धन अत्यन्त आवश्यक छन्। यससँगै वन्यजन्तु व्यवस्थापन, विशेषगरी बाँदर नियन्त्रणजस्ता स्थानीय समस्या पनि राज्यको ध्यानाकर्षण गर्नुपर्ने विषय बनेका छन्।… पुरा पढौ

उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कँडेल सर्वसम्मत

बागलुङ, चैत १७नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन्। महासंघको यही चैत २० गते हुने चौथो महाधिवेशनबाट नेतृत्व चयन हुने क्रममा कँडेलसँगै अध्यक्ष पदका उम्मेदवार रहेका हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएका हुन्। कार्यसमितिले चैत २० गते हुने नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ। अधिवेशनमा जिल्ला/नगर उद्योग वाणिज्य संघबाट २५, एसोसियट सदस्य १०२ र वस्तुगत संघका… पुरा पढौ

सयपत्री ग्रुप ‘सुखदुःखको साथी’द्वारा पवित्र समाजसेवा नेपाललाई सहयोग

काठमाडौं, चैत १५ सामाजिक सञ्जालमार्फत जोडिएको सयपत्री ग्रुप ‘सुखदुःखको साथी’ ले पवित्र समाजसेवा नेपाल लाई सहयोग गरेको छ। फेसबुक र टिकटकबाट संकलित रकमबाट आश्रयस्थलमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकछाक खाना खुवाउँदै सहयोग प्रदान गरिएको हो। ग्रुपमा आबद्ध देश तथा विदेशमा रहेका सदस्यहरूको सहयोगमा असहाय नागरिकहरूलाई खाना खुवाउनुका साथै आवश्यक दैनिक खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सयपत्री ग्रुपका अनन्त लम्साल, राजेशचन्द्र राजभण्डारी, मञ्जु खनाल तथा पवित्र समाजसेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सयपत्री ग्रुपका दिनेश… पुरा पढौ