लायन्स क्लबद्वारा प्रहरी प्रभाग नेपालटारलाई भौतिक सामग्री हस्तान्तरण

-


     हिडन खबर    
     असाेज २९ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज २९। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा रहेका लायन्स क्लब अफ काठमाडौं मनमैजु र लायन्स क्लब अफ काठमाडौं सिनर्जीको संयुक्त आयोजनामा प्रहरी प्रभाग नेपालटार, काठमाडौंलाई भौतिक सामग्री हस्तान्तरण गरिएको छ।

समुदाय–प्रहरी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीलगायत लायन्सका विभिन्न पदाधिकारी तथा नेतृत्वकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल प्रहरीका अधिकारी, लायन्सका नेतृत्वकर्ता, पदाधिकारी, सदस्य तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

समुदाय र प्रहरीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धतासमेत आयोजकले व्यक्त गरेका छन्।