नेकपा (एमाले) बागलुङ जिल्ला कमिटीको बैठक सम्पन्न

-


     हिडन खबर    
     कार्तिक १७ गते २०८३ मा प्रकाशित


​बागलुङ, — नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ जिल्ला कमिटीको बैठक आज गलकोट नगरपालिकास्थित हटिया बजारमा सम्पन्न भएको छ।

​जिल्ला कमिटीको बैठकमा पार्टीको संगठनात्मक अवस्था, जिल्लाभर सञ्चालित पार्टी गतिविधि तथा आगामी राजनीतिक एवं सांगठनिक योजनाहरूका विषयमा गम्भीर छलफल भएको छ।

​बैठकले जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, स्थानीय तहसम्म पार्टीका गतिविधिलाई अझ विस्तार गर्ने तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय लिन महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

​गलकोटको हटिया बजारमा आयोजित यस बैठकले जिल्लाको राजनीतिक तथा सांगठनिक वृत्तमा नयाँ ऊर्जा थपेको छ। बैठकमा सहभागी नेताहरूले पार्टीको नीति, विचार र संगठनलाई जनताको घरदैलोसम्म प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।