अर्थतन्त्र

सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बजारमा

केपी कुमार जलन लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बोलको कमेडी गीत सार्वजनिक भएको छ। केही साता अघि रिलिज गरिएको यस गीतले २७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र युट्युब ट्रेन्डिङमा नम्बर १ मा रहन सफल भएको छ। गीतमा गायिका सुष्मा शाही ठकुरीसँगै विशाल सोनीको स्वर रहेको छ। गीतका शब्द पनि विशाल सोनीले नै तयार पारेका हुन् भने संगीत सुदीप सेन्चुरीले दिएका छन्। कमेडी शैलीमा प्रस्तुत गरिएको गीतमा विशाल सोनी र ऐलिना रायमाझीले अभिनय गरेका छन्।… पुरा पढौ

बागलुङमा अवैध गोटी खेलाइ पैसा असुल्ने पक्राउ, तर प्रहरीले कारबाही नगरी फिर्ता पठायाे

बागलुङ, वैशाख १५ – बागलुङ नगरपालिका–१ वाङ्गेचौरस्थित लामो पुल परिसरमा अवैध गोटी खेलाइ स्थानीयसँग पैसा असुल्ने दुई जनालाई नगर प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाए पनि प्रहरीले कारबाही नगरी फिर्ता पठाएको छ। नगर प्रहरीले सोमबार पोखरा महानगरपालिका–१७ का कृष्ण घिमिरे र जैमिनी नगरपालिका–६ का कृष्ण थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। उनीहरूको साथबाट ३ थान गोटी र नगद १० हजार ३३० रुपैयाँ समेत बरामद गरिएको नगर प्रहरीले जनाएको छ। तर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक… पुरा पढौ

काठमाडौंमा हुँदै चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२, उत्कृष्ट मनोनयन सार्वजनिक

उपमा सञ्चार प्रालि र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजनामा आयोजित चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ (4th Maulik Gandaki Star National Award 2025) का उत्कृष्ट मनोनयनहरू बैशाख १३ गते अनलाइनमार्फत सार्वजनिक गरिएको छ। करिब २०० भन्दा बढी कलाकारको सहभागिताबाट विभिन्न ३४ विधामा प्रतिस्पर्धा गरिएकोमा, १७० जना कलाकार उत्कृष्ट पाँच (टप–५) मा छनोट हुन सफल भएका छन्। यसअघि, तेस्रो संस्करणसम्म गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवार्ड समारोह भव्य रूपमा सम्पन्न हुँदै आएको थियो। तर यसपटक, चौथो संस्करणलाई नयाँ स्वाद र भव्यताका… पुरा पढौ

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा विशेष महायज्ञ उत्सव

पोखरा, वैशाख १४ — गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। यस अवसरले गण्डकी कोटिहोमको सामाजिक तथा धार्मिक पहललाई थप प्रेरणा र ऊर्जा दिने अपेक्षा गरिएको छ। प्रमुख दाहालको उपस्थितिले कार्यक्रमको गरिमा र महत्त्वलाई अझ बढाउने आयोजकहरू बताउँछन्। गण्डकी कोटिहोममा हाल ४१ दिनसम्म चल्ने महायज्ञ जारी छ, जसले ठूलो संख्यामा भक्तजनको ध्यान आकर्षित गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेपछि महायज्ञमा घ्यू, तील, तेल, देवदार,… पुरा पढौ

‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल?

काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ। ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सामाजिक फिल्म निर्देशन गरेका खनालको यो नयाँ फिल्म आगामी जेठ २ गते प्रदर्शनमा आउँदैछ। फिल्मले घर र डेरो बीचको सम्बन्ध, सामाजिक हैसियतमा त्यसले पार्ने प्रभाव, र जीवनमा त्यसको दीर्घकालीन असरबारे कथा भन्नेछ। निर्देशक खनालका अनुसार, ‘के घर के डेरा : घर नं २’ पहिलेको भागको सिक्वेल नभए पनि विषयगत रूपमा घर र डेरोको कथासँग जोडिएको छ।… पुरा पढौ

सुदूरपश्चिमको विकासका लागि कृषि, पर्यटन र पूर्वाधारमा लगानी बढाउनुपर्ने : डा. राणा

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकांक सुधार गर्न कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज काठमाडौँमा सम्पन्न अन्तर्क्रियामा मन्त्री डा. राणाले सुदूरपश्चिम अहिले छैटौँ स्थानमा रहेकाले योजनाबद्ध विकासमार्फत सूचकांकमा उल्लेखनीय सुधार ल्याउन सकिने बताउनुभयो। उहाँले बजेट कनिका छर्ने शैलीमा नभई, प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो। कृषि उत्पादनलाई व्यवसायिक र आधुनिकरण गर्दै बजार पहुँच विस्तार गर्नुपर्ने र बाँझिएको जमिनको सदुपयोगका लागि योजना बनाउनुपर्ने… पुरा पढौ

यानिमाया रोधी क्लबको १४औं वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमसहित मनाउँदै

राजधानीमा मात्रै दर्जनौं रोधी क्लबहरू सञ्चालनमा रहेका छन्। तीमध्ये, पछिल्लो १३ वर्षदेखि राजधानीको मुटु मानिने गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा निरन्तर रूपमा सञ्चालनमा रहेको यानिमाया रोधी क्लबले अफ्ठ्यारा परिस्थितिहरू पार गर्दै आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष सांगीतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको छ। "यानिमाया रोधी घर—हाम्रो गौरव, हाम्रो सान; कलाकार र संस्कृतिको विकास, कलाकारको उत्थान" भन्ने मूल नाराका साथ स्थापना गरिएको क्लबले हरेक वर्षझैँ यस वर्ष पनि बैशाख २४ गतेदेखि २८ गतेसम्म साँझ ७:३० बजेबाट राति… पुरा पढौ

चलचित्र ‘जार’को ‘ए ठूली’ गीत सार्वजनिक, लाहुरेको प्रेमकथा भावुक ढंगमा प्रस्तुत

काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘जार’को लोकलयमा आधारित गीत ‘ए ठूली’ सार्वजनिक भएको छ। गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने शब्द हर्क साउदको र संगीत झुमा लिम्बूले आफैं तयार गरेकी हुन्। प्रेममा रहेका पात्रहरूबीचको दूरी, पर्खाइ र सम्झनालाई गीतले भावुक रुपमा प्रस्तुत गरेको छ। लाहुरे बनेर टाढा रहेका प्रेमीप्रति घरमै बसेर माया र चिन्ता गर्ने प्रेमिकाको कथा गीतको मूल मर्म हो। चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। गीतको भिडियोमा सौगात मल्ल, गीताञ्जली थापा लगायतका कलाकार… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि पोखरामा साइकल र्याली सम्पन्न

पोखरा, वैशाख ११ — पोखरा १७, बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र सामाजिक–धार्मिक सद्भाव फैलाउन आज बिहान भव्य साइकल र्याली सम्पन्न भएको छ। र्यालीको उद्घाटन साइक्ल सिटी पोखराका पूर्व सदस्य तथा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेन्ड भाइस गभर्नर तेज नारायण पराजुलीले गरेका थिए। र्याली बिरौटा कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, जिरोकिलोमिटर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः बिरौटा फर्किएको थियो। र्यालीमा सयौं स्थानीय, युवा र साइक्लिङप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। महायज्ञका संकल्पकर्ता विजयकृष्ण… पुरा पढौ

कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक, भदौ १२ मा विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं – चर्चित निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुङ्गा’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको पोस्टर सार्वजनिक गर्दै भदौ १२ गते रिलिज मिति समेत घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। उनी एक गाउँले घरको आँगनमा उभिएर पछाडि फर्केर हेर्दै गरेको अवस्थामा देखिन्छिन्, जसले उनलाई नवविवाहित युवतीझैं देखाउँछ। पोस्टरमा देखिएको परिवेश — ओइलिएको आँगन, पहाडी घर र बादलको घुम्टोले ढाकिएको पृष्ठभूमिले चलचित्रको कथावस्तुबारे अनेकौं अनुमान गराउँछ। कुनै समयसम्म छोडिएको जस्तो… पुरा पढौ