
केपी कुमार जलन
लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बोलको कमेडी गीत सार्वजनिक भएको छ। केही साता अघि रिलिज गरिएको यस गीतले २७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र युट्युब ट्रेन्डिङमा नम्बर १ मा रहन सफल भएको छ।
गीतमा गायिका सुष्मा शाही ठकुरीसँगै विशाल सोनीको स्वर रहेको छ। गीतका शब्द पनि विशाल सोनीले नै तयार पारेका हुन् भने संगीत सुदीप सेन्चुरीले दिएका छन्। कमेडी शैलीमा प्रस्तुत गरिएको गीतमा विशाल सोनी र ऐलिना रायमाझीले अभिनय गरेका छन्।
‘मकैबारी दर्याम दर्याम’ विशाल सोनीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।









