काठमाडौंमा हुँदै चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२, उत्कृष्ट मनोनयन सार्वजनिक

-


     हिडन खबर    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


उपमा सञ्चार प्रालि र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजनामा आयोजित चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ (4th Maulik Gandaki Star National Award 2025) का उत्कृष्ट मनोनयनहरू बैशाख १३ गते अनलाइनमार्फत सार्वजनिक गरिएको छ।

करिब २०० भन्दा बढी कलाकारको सहभागिताबाट विभिन्न ३४ विधामा प्रतिस्पर्धा गरिएकोमा, १७० जना कलाकार उत्कृष्ट पाँच (टप–५) मा छनोट हुन सफल भएका छन्।

यसअघि, तेस्रो संस्करणसम्म गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवार्ड समारोह भव्य रूपमा सम्पन्न हुँदै आएको थियो। तर यसपटक, चौथो संस्करणलाई नयाँ स्वाद र भव्यताका साथ देशको राजधानी काठमाडौंमा सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ।

कार्यक्रमका संयोजक रामकृष्ण पाण्डेका अनुसार, अवार्ड समारोहलाई राजधानीमै विशेष र भव्य रुपमा आयोजना गर्दै राष्ट्रिय सांगीतिक क्षेत्रको सम्मान र प्रोत्साहनलाई नयाँ उचाइ दिने लक्ष्य राखिएको छ।