‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल?

-


     हिडन खबर    
     वैशाख १५ गते २०८२ मा प्रकाशित


काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ। ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सामाजिक फिल्म निर्देशन गरेका खनालको यो नयाँ फिल्म आगामी जेठ २ गते प्रदर्शनमा आउँदैछ।

फिल्मले घर र डेरो बीचको सम्बन्ध, सामाजिक हैसियतमा त्यसले पार्ने प्रभाव, र जीवनमा त्यसको दीर्घकालीन असरबारे कथा भन्नेछ। निर्देशक खनालका अनुसार, ‘के घर के डेरा : घर नं २’ पहिलेको भागको सिक्वेल नभए पनि विषयगत रूपमा घर र डेरोको कथासँग जोडिएको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे लगायतका कलाकारहरू मुख्य भूमिकामा छन्।

पोस्टर र टिजरमा खगेन्द्र लामिछानेलाई साइकल डोर्याउँदै र दुःखी देखाइएको दृश्यका आधारमा उनी डेरावाल हुनसक्ने अनुमान गरिएको छ। तर, निर्देशकले घरभेटी र डेरावालको पात्रबारे खुलासा गरेका छैनन्।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले यसै फिल्ममार्फत पहिलो पटक चलचित्र लेखनमा डेब्यु गरेका छन्।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा बनेको हो। छायांकन कृष्णबहादुर थापाले गरेका छन्। निर्माता नकिमउद्दिन, शरद श्रेष्ठकिरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन्।

Link: https://www.youtube.com/watch?v=JwWSyYhhYnE