चलचित्र ‘जार’को ‘ए ठूली’ गीत सार्वजनिक, लाहुरेको प्रेमकथा भावुक ढंगमा प्रस्तुत

-


     हिडन खबर    
     वैशाख १२ गते २०८२ मा प्रकाशित


काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘जार’को लोकलयमा आधारित गीत ‘ए ठूली’ सार्वजनिक भएको छ। गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने शब्द हर्क साउदको र संगीत झुमा लिम्बूले आफैं तयार गरेकी हुन्।

प्रेममा रहेका पात्रहरूबीचको दूरी, पर्खाइ र सम्झनालाई गीतले भावुक रुपमा प्रस्तुत गरेको छ। लाहुरे बनेर टाढा रहेका प्रेमीप्रति घरमै बसेर माया र चिन्ता गर्ने प्रेमिकाको कथा गीतको मूल मर्म हो।

चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। गीतको भिडियोमा सौगात मल्ल, गीताञ्जली थापा लगायतका कलाकार देख्न सकिन्छ, जसले ग्रामीण जीवनशैलीलाई झल्काउँछ।

साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित यो चलचित्र १८औं शताब्दीको नेपाली समाजमा घटेको वास्तविक घटनामा आधारित छ। निर्देशक फूर्वा छिरिङ लामाका अनुसार ‘जार’ सामाजिक कथावस्तुलाई समेटे पनि एक ‘कम्प्लिट प्याकेज’ चलचित्र हो।

चलचित्र नेपालसहित भारत र अन्य देशहरूमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।