यानिमाया रोधी क्लबको १४औं वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमसहित मनाउँदै

-


     हिडन खबर    
     वैशाख १३ गते २०८२ मा प्रकाशित


राजधानीमा मात्रै दर्जनौं रोधी क्लबहरू सञ्चालनमा रहेका छन्। तीमध्ये, पछिल्लो १३ वर्षदेखि राजधानीको मुटु मानिने गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा निरन्तर रूपमा सञ्चालनमा रहेको यानिमाया रोधी क्लबले अफ्ठ्यारा परिस्थितिहरू पार गर्दै आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष सांगीतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको छ।

“यानिमाया रोधी घर—हाम्रो गौरव, हाम्रो सान; कलाकार र संस्कृतिको विकास, कलाकारको उत्थान” भन्ने मूल नाराका साथ स्थापना गरिएको क्लबले हरेक वर्षझैँ यस वर्ष पनि बैशाख २४ गतेदेखि २८ गतेसम्म साँझ ७:३० बजेबाट राति १:३० बजेसम्म वार्षिकोत्सव मनाउने भएको हो।

उक्त कार्यक्रमको क्रममा चर्चित राष्ट्रिय कलाकारहरूका साथसाथै यानिमाया रोधी क्लबका नियमित कलाकारहरूको प्रस्तुति रहने जानकारी क्लबका सञ्चालक दिलु सलामी मगरले दिनुभएको छ।