अर्थतन्त्र

भारी मतसहित उपाध्यक्षमा विजयी पुष्कल शर्माले दिए मतदातालाई धन्यवाद

बर्दिबास, असोज २४राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय उपाध्यक्षमा भारी मतसहित विजयी भएका गायक पुष्कल शर्माले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विजयमा साथ, सहयोग र विश्वास गर्ने सबैलाई धन्यवाद दिएका हुन्। उनले प्रतिष्ठानका केन्द्रीय, प्रदेश, जिल्ला, उपत्यका समन्वय समिति, विदेश शाखा, संस्थापक तथा पूर्वअध्यक्षहरू, अग्रज र समकालीन कलाकार, आफन्त तथा शुभचिन्तकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्। शर्माले आफूलाई प्राप्त विश्वास र जिम्मेवारी… पुरा पढौ

कविता सिम्खडाको नेतृत्वमा लायन्सको बैठक सम्पन्न

काठमाडौं। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एडभाइजरी कमिटी बैठक सम्पन्न भएको छ। जोन चेयरपर्सन कविता सिम्खडाको नेतृत्वमा शनिबार, अक्टोबर १०, २०२६ मा काठमाडौंको बानस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा बैठक आयोजना गरिएको हो। बैठकको सफल आयोजना, प्रभावकारी समन्वय र व्यवस्थापनका लागि डिस्ट्रिक्ट ३२५ केका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन सिम्खडालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पाण्डेले बैठकलाई सफल बनाउन सहयोग पुर्‍याउने क्लस्टर चिफ शहदेव बस्नेत र रिजन चेयरपर्सन किरण थापाको भूमिकाको समेत प्रशंसा… पुरा पढौ

सुनितामी परियार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा विजयी

लोकगीत–संगीतमा डेढ दशकको योगदानपछि प्रतिष्ठानको नेतृत्वमाराष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा गायिका सुनितामी परियार विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा सम्पन्न निर्वाचनबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले आफ्नो निरन्तरको मेहनत र योगदानबाट यो सफलता हासिल गरेकी हुन्।उनको विजयसँगै कलाकार तथा शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। पुरा पढौ

‘आँट दिने र साथ दिने सबैलाई सम्झिएको छु’ : रवि कार्की

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित कलाकार रवि कार्कीले आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। निर्वाचनपछि कृतज्ञता व्यक्त गर्दै कार्कीले भने, “आँट दिनेहरूलाई पनि सम्झिएको छु, साथ दिनेहरूलाई पनि सम्झिएको छु।” उनले आफ्नो निर्वाचन यात्रामा हौसला प्रदान गर्ने अग्रज कलाकार, शुभचिन्तक, मित्रजन तथा अमूल्य मत दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। कार्कीले प्राप्त माया र विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका… पुरा पढौ

६७९ मतसहित टीका सानू केन्द्रीय महिला सदस्यमा विजयी

लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय महिला सदस्यमा विजयी भएकी छन्। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत भएको निर्वाचनमा उनले ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। विजयी भएपछि सानूले आफूलाई विश्वास गरेर अमूल्य मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधिप्रति आभार व्यक्त गरेकी छन्। उनले प्राप्त मतलाई माया, विश्वास र जिम्मेवारीको प्रतीकका रूपमा लिँदै मतदाताले आफूमाथि गरेको भरोसालाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्। सानूले आफ्नो विजयलाई व्यक्तिगत सफलतामा मात्र… पुरा पढौ

पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकप्रिय गायक पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। लोकदोहोरी गीतमार्फत नेपाली मौलिक संस्कृति र जनजीवनलाई प्रस्तुत गर्दै आउनुभएका शर्माको नेतृत्वमा कलाकारको हकहित संरक्षण, नयाँ प्रतिभाको प्रोत्साहन र लोकसंगीतको प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। शर्माको निर्विरोध चयनले कलाकार समुदायमा उत्साह थपेको छ। उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पुरा पढौ

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा राजेश बर्देवाको उम्मेदवारी

काठमाडौं । गायक तथा प्रस्तोता राजेश बर्देवाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हकहितका लागि क्रियाशील बर्देवाले प्रतिष्ठानको बागलुङ जिल्ला कार्यसमिति, धौलागिरि अञ्चल कार्यसमिति तथा काठमाडौं उपत्यकाका विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनले धौलागिरि अञ्चल कार्यसमितिको सदस्य तथा सचिव, उपत्यका समन्वय अनामनगर समितिको सचिव र प्रथम उपाध्यक्ष तथा काठमाडौं समन्वय समितिको सञ्चार प्रमुखका रूपमा काम गरेका छन्। गायन तथा प्रस्तोताका रूपमा परिचित… पुरा पढौ

बागलुङमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना प्रशिक्षण

बागलुङ, असोज २३जिल्ला प्रहरी कार्यालय बागलुङ र सामुदायिक प्रहरी सेवा केन्द्र गुठीको आयोजनामा लागुऔषध न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बागलुङ नगरपालिका–२ स्थित अमर आदर्श माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले प्रशिक्षण दिएका थिए। कार्यक्रममा लागुऔषधको जोखिम, यसबाट बच्ने उपाय तथा लागुऔषधविरुद्ध अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। पुरा पढौ

संघर्षबाट स्थापित गायिका सम्झना भण्डारी, अब प्रतिष्ठानको नेतृत्व दौडमा

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा स्थापित नाम हुन् सम्झना भण्डारी। मिठासपूर्ण स्वर, दोहोरी गायनको क्षमता र निरन्तर सांगीतिक यात्राले उनलाई पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिकाका रूपमा स्थापित गरेको छ। लमजुङमा जन्मिएकी भण्डारीले काठमाडौंका दोहोरी साँझबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हुन्। पुतलीसडकस्थित बागलुङ कालिका दोहोरी साँझबाट व्यावसायिक गायन थालेकी उनले कुलेन्द्र विक, राजन ठकुरी, शिव हमाल र स्वर्गीय मञ्जु महतसँग सहकार्य गर्दै अनुभव बटुलेकी थिइन्। त्यसपछि गाउँबेँसी दोहोरी साँझमा पनि उनले गायनलाई निरन्तरता दिइन्। राति दोहोरी साँझमा… पुरा पढौ

टिका सानु प्रतिष्ठानको केन्द्रीय सदस्यमा उम्मेदवार

बागलुङ । चर्चित लोक तथा दोहोरी गायिका तथा सर्जक टिका सानुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशनमा महिला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। दाङको तुलसीपुरमा जन्मिएकी सानु लामो संघर्षपछि लोकदोहोरी क्षेत्रमा स्थापित नाम हुन्। करिब एक दशकदेखि गायन तथा लाइभ दोहोरीमा सक्रिय उनले सयौँ गीतमा स्वर दिएकी छन्। इन्द्रेणीलगायतका लोकप्रिय कार्यक्रममार्फत उनले दर्शक–श्रोतामाझ छुट्टै पहिचान बनाएकी छन्। उम्मेदवारी घोषणा गर्दै सानुले लोक संस्कृति संरक्षण, स्रष्टा–कलाकारको हकहित र प्रतिष्ठानको संस्थागत सुदृढीकरणका लागि काम गर्ने… पुरा पढौ