लेखनाथ, १७ भदौ देशका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला कास्कीका विद्यार्थीले आफ्नो खाजाका लागि छुट्याएको रकमसमेत बचाएर बाढीपीडितलाई सहयोग गरेका छन्। नेपाल जुनियर रेडक्रस सर्कल, त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्कीले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहतका लागि २५ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरेको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। सहयोग संकलन अभियान सर्कलका अध्यक्ष सुदीक्षा सुवेदी, उपाध्यक्ष प्रयोग न्यौपाने, सचिव अग्रिम कँडेल, कोषाध्यक्ष…
पुरा पढौ