काठमाडौं, साउन २ वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (नेपाल) अन्तर्गत बागमती एरियाले शनिबार काठमाडौंको तारकेश्वरस्थित लायन्स पार्क, भ्यू टावरमा बृहत् वृक्षरोपण तथा गोडमेल कार्यक्रम आयोजना गरेको छ। “Leading with Purpose” भन्ने मूल नारासहित सञ्चालन गरिएको अभियानमा काठमाडौं उपत्यकाभित्रका दर्जनौं लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै पूर्वरोपित बिरुवाको संरक्षण, गोडमेल र सरसफाइ कार्यसमेत गरिएको थियो।…
पुरा पढौ