संगठन सुदृढ बनाउने संकल्पसहित शंकर बिरही गुरुङको उम्मेदवारी

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा लोक तथा दोहोरी क्षेत्रका सक्रिय व्यक्तित्व शंकर बिरही गुरुङले संगठनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

लोकसंस्कृति र मौलिक गीतसंगीतको संरक्षण तथा प्रवर्द्धनसँगै प्रतिष्ठानलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएको गुरुङले बताएका छन्।

उनको अभियानको नारा ‘कला, प्रविधि र संगठनको ज्ञान–शंकर बिरही गुरुङको पहिचान’ रहेको छ। उनले प्रतिष्ठानलाई बलियो र गतिशील बनाउँदै कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आगामी असोज २२ देखि २४ गतेसम्म महोत्तरीको बर्दिबासमा हुने महाधिवेशनमा आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन उनले प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।