पर्यटन

‘के घर के डेरा : घर नं २’ दर्शकको मन जित्दै, वर्ड अफ माउथले पाउँदै गति

काठमाडौं ।नेपाली सिनेमाप्रेमीको मन्स्पटलमा आजदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र **‘के घर के डेरा : घर नं २’**ले उत्साहजनक प्रतिक्रिया पाउँदैछ। फिल्म रिलिज भएको पहिलो दिनमै **सकारात्मक ‘वर्ड अफ माउथ’**ले यसको यात्रा बलियो हुँदै गएको छ। निर्देशक दीपेन्द्र के. खनालका अनुसार, “बिहानभन्दा बेलुकाका शोहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ। वर्ड अफ माउथ बलियो बन्दै गएको छ। हेर्ने दर्शकले सिनेमा राम्रो लागेको प्रतिक्रिया दिइरहेका छन्।” जीवनलाई कसरी जिउने भन्ने सन्देश बोकेको यो फिल्म दर्शकलाई मन परेको भन्दै खनाल भन्छन्, “हामीले प्रिमियरमा जस्तो… पुरा पढौ

‘जार’ अब मध्यपूर्वका देशहरूमा प्रदर्शन, नेपाली डायस्पोराबाट पनि आशावादी

काठमाडौं । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘जार’ अब मध्यपूर्वका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आएको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सका अनुसार, चलचित्रले मे १५ (बिहीबार)देखि युएई, कतार र बहराइनमा एकसाथ प्रदर्शन सुरु गरेको हो। निर्देशक फुर्वा छिरिङ लामाले दिएको जानकारी अनुसार, चलचित्र युएईका दुबई, अबुधाबी, अज्मान र सारजाहका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। त्यसैगरी, कतारको दोहा र बहराइनको मनामा लगायतका शहरहरूमा पनि ‘जार’ प्रदर्शन भइरहेको छ। यही शुक्रबारदेखि चलचित्र अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका… पुरा पढौ

१८० सर्वसाधारण दर्शकसहित ‘के घर के डेरा : घर नं २’ को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनाल निर्देशित बहुप्रतीक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को विशेष प्रिमियर राजधानीमा सम्पन्न भएको छ। आम प्रचलन तोड्दै यसपटक १८० सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा दिइएको प्रिमियरमा कलाकार, पत्रकार र निर्देशकहरूको समेत उपस्थिति थियो। फिल्मपछि सर्वसाधारण दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइयो। “सामान्य नागरिकको कथा बोलेको, हँसाउने र रुवाउने सिनेमाले छुन सक्यो,” दर्शकहरूको प्रतिक्रिया थियो। अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे भने स्वस्तिमा खड्काले फिल्मलाई ‘मनछुने’ र ‘फेमिली भ्यालुजमा आधारित’ बताइन्।… पुरा पढौ

एक वर्षपछि केकी अधिकारी पर्दामा फर्किँदै, ‘के घर के डेरा : घर नं २’ मा मुख्य भूमिका

काठमाडौं। अभिनेत्री केकी अधिकारी एक वर्षको ब्रेकपछि पुनः सेतो पर्दामा देखिन लागेकी छन्। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ मार्फत केकी पुनः दर्शकमाझ फर्किन लागेकी हुन्। केकीलाई अन्तिम पटक ‘बोक्सीको घर’ चलचित्रमा देखिएको थियो, जसमा उनले अभिनयका साथै निर्माण पनि गरेकी थिइन्। एउटै समयमा अभिनय र निर्माणको जिम्मेवारी सम्हाल्दा मानसिक तथा शारीरिक थकान भएकाले केही समय विश्राम लिएको उनी बताउँछिन्। अब भने आफूले चाहेजस्तै चलचित्रमा अभिनय गर्न पाएकोमा उनी… पुरा पढौ

के घर के डेरा : घर नं २’ सेन्सरमै रुवाबासी, सबै उमेरका लागि हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्राप्त

काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्। सेन्सर बोर्डमा चलचित्र प्रदर्शन हुँदा केही भावनात्मक दृश्यहरूले सदस्यहरूलाई नै भावुक बनाएको थियो। कतिपयले आँखा रसाएका थिए। एक सदस्यले भने, “धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली सिनेमा हेर्न पायौं, केही दृश्यले मन छोयो।” बुद्धिसागरको कथामा आधारित यस फिल्मले घर र डेराको परिवेशमा जीवनका अनुभवहरू… पुरा पढौ

‘जनै हराएको बाहुन’को छायांकन सकियो, विजय बराल भन्छन् – “धेरै ‘भयङ्कर मान्छे’सँग काम गरें”

काठमाडौं — चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को ३५ दिने छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप कार्यक्रम गरी जानकारी दिएको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएका परिवर्तन र आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ। निर्देशक न्यौपानेका लागि यो डेब्यु निर्देशन हो। सशक्त स्टारकास्ट रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको प्रमुख भूमिका छ। अभिनेता बरालले कार्यक्रममा भने, “यो… पुरा पढौ

‘शिवांश : च्याप्टर–१’को छायांकन पोखराबाट सुरु, फलामको साङ्लोमा बाँधिएका नायक

काठमाडौं —बैशाख ३० पछिल्लो समय नेपाली चलचित्रमा फरक स्वाद र शैली ल्याउने प्रयास भइरहेका बेला नयाँ चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन विधिवत रूपमा सुरु भएको छ। पोखराको लामाचौरस्थित ऐतिहासिक अकला मन्दिरमा पूजा अर्चना गरेर शुभ साइतमा छायांकन सुरु गरिएको हो। निर्देशक सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन रहेको यो चलचित्र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति हो। चलचित्रका निर्माता अञ्जान केसीका अनुसार पोखराका विभिन्न स्थानमा करिब एक महिनासम्म छायांकन चल्नेछ। कथा पनि उनी स्वयंले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस… पुरा पढौ

“कल्ले लान्छ र मलाई” सार्वजनिक, आशा बिसीको स्वरमा राजु परियारको शब्द–संगीत

काठमाडौं –बैशाख २९नेपाली लोकदोहोरी संगीतको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा धमाधम गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा चर्चित गायिका आशा बिसीको सुमधुर स्वरमा “कल्ले लान्छ र मलाई” बोलको गीत सार्वजनिक भएको छ। प्रेम र पिरतीका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायक राजु परियारको शब्द र संगीत सुन्न सकिन्छ। गायक परियारकै लयमा आशा बिसीले एकल गायन गरेकी छन्, जसले गीतलाई अझै भावपूर्ण बनाएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गीतको म्युजिक भिडियोमा जुना विश्वकर्मा… पुरा पढौ

सहरको माटोमा टेकेको मौलिक कथा लिएर ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा

काठमाडौं – नेपाली सिनेमा प्रायः गाउँले परिवेशमा आधारित हुने गरेको पाइन्छ। तर, यो सोचलाई तोड्दै निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको माटोमा टेकेको मौलिक कथासँगै जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रका निर्देशक तथा कलाकारहरूले सहर पनि नेपाली कथा भन्न सक्ने मौलिक थलो भएको स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्मका कथा, विचार र सन्देशबारे धारणा राखे। गाउँ मात्र होइन, सहर… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु, भोलि लिङ्देनको उपस्थिति

पोखरा — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन आइतबारदेखि सुरु भएको छ। उनले आगामी जेठ ३ गतेसम्म कथा वाचन गर्नेछन्। शनिबार वाल्मीकि श्रीरामकथा वाचक पं. पराकुशजीको विदाइसँगै दिनबन्धुको प्रवेश भएको हो। भोलि बुद्ध पूर्णिमाको अवसरमा भव्य कार्यक्रम गरिँदै छ, जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहनेछ। हिन्दू, बौद्ध, किरातलगायत धर्मगुरुहरू, सांस्कृतिक प्रस्तुति तथा प्रवचन कार्यक्रम समावेश गरिनेछ। महायज्ञका संकल्पकर्ता विजयश्री कृष्णमूर्ति जी महाराजले धर्मलाई समन्वयको प्रतीकका रूपमा व्याख्या गरेका छन्।… पुरा पढौ