
काठमाडौं ।उपमा कला, साहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रा.लि. तथा उपमा सञ्चार प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न हुने तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ (3rd Cultural Music & Film National Award 2025) का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन शनिबार, २०८२ पौष १२ गते, अनलाइन माध्यमबाट सार्वजनिक गरिएको छ।
करिब २०० जना कलाकार सहभागी रहेको यस अवार्डमा विभिन्न विधाअन्तर्गत २८ विधामा १४० जना कलाकार उत्कृष्ट ‘टप फाइभ’ मा पर्न सफल भएका छन्।
कार्यक्रमका अध्यक्ष आशा गौतम तथा संयोजक रामकृष्ण पाण्डेका अनुसार, अघिल्ला दुई संस्करण भव्य र सभ्य रूपमा सम्पन्न गरिएको थियो। यसपटक पनि केही फरक शैलीमा राजधानीस्थित चलचित्र विकास बोर्डको सभा हलमा तेस्रो संस्करणको अवार्ड विजेता तथा पुरस्कार वितरण कार्यक्रम काठमाडौंमा सम्पन्न गरिने जानकारी गराइएको छ।
उत्कृष्ट ‘टप फाइभ’ मा पर्न सफल कलाकारहरूको नामावली यसप्रकार रहेको छः
१) सर्वोत्कृष्ट गायन (भजन गीत)
रामजी पौडेल – शिव शिरमा गङ्गा
प्रदीप तिवारी – हे शिव कैलाशमा
टेकेन्द्र बोहोरा – यिनै रामका कुरा
कमला पोख्रेल – कैलाशपति शिवजी
शिव शर्मा – म पनि तिम्रै भक्त
२) सर्वोत्कृष्ट गायक/गायिका (लोकदोहोरी गीत)
राजन भुजेल विश्वकर्मा – शिरमा चन्दन
देवकला बस्नेत – को आफ्नो को पराइ
टेकेन्द्र बोहोरा – डाँडै काट्यौ रे माया
शीतल शर्मा – मन परेको कान्छू
कालिका रोका – बाग्लुङेको बोली
३) सर्वोत्कृष्ट गायिका (दशक गीत)
शान्ति परियार – निरजाले
गीता सेञ्चुरी – त भनेर छोड्यो मायाले
सङ्गीता पौडेल – पासपोर्टको पाना सकियो
विष्णु पराजुली – भयौ बिरानो
तेजस रेग्मी – पिँडालु
४) सर्वोत्कृष्ट नव–गायन (लोकदोहोरी गीत)
बाबुराम रम्तेल – मै भए परदेशी
सञ्जिता मगर – डढेलोले बन खायो
सुवास रेग्मी – (गीत शीर्षक उल्लेख गरिएको छैन)
कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्नकाे लागि तयारी भइरहेको उपमा संचार प्रालिका अध्यक्ष आशा गाैतमले बताए ।













