सिम्रन परियारले उचालिन् राप्ती म्युजिक अवार्ड

-


     हिडन खबर    
     पौष १२ गते २०८२ मा प्रकाशित


वि.सं. २०६३ सालमा स्थापित राप्ती म्युजिक समाज, काठमाडौँले स्थापना कालदेखि नै नेपाली गीत–संगीत तथा स्रष्टा र कलाकारहरूको सम्मान र प्रोत्साहन गर्दै आएको छ। सोही क्रममा समाजद्वारा आयोजना गरिएको राष्ट्रिय राप्ती म्युजिक अवार्डको नवौँ संस्करण शुक्रबार नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको छ।

राप्ती म्युजिक समाज, काठमाडौँको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा करिब ४० विधामा गायक, गायिका तथा अन्य स्रष्टा–कलाकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

कार्यक्रममा बागलुङकी सिम्रन परियारले म्युजिक अवार्ड उचाल्न सफल भएकी छन्। उनले “नजर लाग्लानी–२” बोलको गीतबाट सर्वोत्कृष्ट लोक–पप गायिका विधातर्फ अवार्ड प्राप्त गरेकी हुन्।

हरिभक्त बुढाथोकीको शब्द, भीम बीसीको संगीत तथा टेक बीसी र सिम्रन परियारको आवाज रहेको उक्त गीतलाई युट्युबमा ८१ लाखभन्दा बढी पटक हेरिएको छ।