पर्यटन

तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन सार्वजनिक

काठमाडौं ।उपमा कला, साहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रा.लि. तथा उपमा सञ्चार प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न हुने तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ (3rd Cultural Music & Film National Award 2025) का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन शनिबार, २०८२ पौष १२ गते, अनलाइन माध्यमबाट सार्वजनिक गरिएको छ। करिब २०० जना कलाकार सहभागी रहेको यस अवार्डमा विभिन्न विधाअन्तर्गत २८ विधामा १४० जना कलाकार उत्कृष्ट ‘टप फाइभ’ मा पर्न सफल भएका छन्। कार्यक्रमका अध्यक्ष आशा गौतम तथा संयोजक रामकृष्ण… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, १० पुसकास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव किनबेचको केन्द्रबिन्दु बनेको छ। महोत्सवमा मनोरञ्जनका साथै घरायसी आवश्यकताका स्वदेशीदेखि विदेशी सामग्री सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल व्यापारिक केन्द्रका रूपमा विकसित भएको हो। दर्शकहरू रमाइलो अवलोकनसँगै आवश्यक सामग्री खरिद गरेर फर्कन थालेपछि व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको आयोजक संस्थाले जनाएको छ। महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार दर्शकहरूले घर फर्कँदा केही न केही सामग्री अवश्य किन्ने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापार कारोबार… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव ‘न्यू इयर इभ’ मा उज्ज्वल शाक्य पनि गुन्जिने

पोखरा, पुस —१०पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्ज्वल शाक्य पनि गुन्जिने भएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू इयर इभ विशेष कार्यक्रम ‘हिट्स अफ नाइन्टिज’ अन्तर्गत पुस १६ गते बेलुका न्यू इयर इभमा अहिलेका भाइरल उज्ज्वल श्रेष्ठको ब्याण्डले लाइभ प्रस्तुति दिने रेबान नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। उनले ‘बेबी’, ‘राजमती चा’, ‘लुमन्ती’, ‘कुमारी’, ‘मतिनाया स्वाहा’, ‘लिक्कलिक्क’ लगायतका गीतहरू गुन्जाउने बताए। सो दिन न्यू इयर… पुरा पढौ

लेखनाथ महोत्सवमा उद्योग बहस

लेखनाथ, ८  पुस — कास्कीको लेखनाथमा जारी २१औँ लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिको प्रवर्द्धनलाई केन्द्रमा राख्दै उद्योग बहस कार्यक्रम सम्पन्न भएको छ। महोत्सवअन्तर्गत पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद गरिएको हो। महोत्सवको छैटौँ दिन मंगलबार आयोजित उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीले आफ्ना व्यवसायिक अनुभव, संघर्ष र सफलताका कथा साझा गरे। कार्यक्रममा सहभागी वक्ताहरूले स्वदेशी उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ र बजारीकरणमा जोड दिए। कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज… पुरा पढौ

लेखनाथ महोत्सव : सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

लेखनाथ, ८ पुसलेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एकाइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०५९ सालमा “सुन्तला महोत्सव” का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एकाइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि बहस कार्यक्रमले… पुरा पढौ

‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक, देखियो त्रिकोणात्मक प्रेमकथा

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘मिरमिरे भो’ बोलको यस गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि प्रकाश सपूतकै हुन् । सार्वजनिक गीतमा युवा–युवतीबीचको प्रेम, पहिलो भेटपछिको आकर्षण र सुन्दरताले पार्ने प्रभावलाई चित्रण गरिएको छ । युवकको दृष्टिले युवतीमा पार्ने अनुभूति र युवतीको सौन्दर्यको बयान गीतमार्फत प्रस्तुत गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

कास्की लेखनाथ, ५ पुसनेपाली समाजमा विवाहका अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै जान थालेपछि त्यसको जगेर्ना गर्ने उद्देश्यले लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गरिँदै आएको छ। नयाँ पुस्तालाई यसबारे जानकारी दिन तथा लोकसंस्कृतिको संरक्षण गर्न प्रतियोगिता प्रभावकारी बन्दै गएको आयोजकहरूको भनाइ छ। दुलाहाका घरमा विवाहका अवसरमा बालिने शुभसूचक बत्ती कुर्न जम्मा भएका महिलाहरूले सामूहिक रूपमा गाउने गीतलाई रत्यौली भनिन्छ। जन्ती हिँड्नुअघि दुलाहाका घरमा गरिने कर्मकाण्डदेखि जन्ती प्रस्थान, दुलहीको घरमा हुने क्रियाकलाप र पुनः दुलाहाका घर… पुरा पढौ

प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो २१औँ वर्षमा प्रवेश

नेपालको जनआन्दोलन २०६२/०६३ (जनआन्दोलन–२) १९ दिनसम्म चलेको ऐतिहासिक आन्दोलन हो। यस आन्दोलनले नेपालको २३७ वर्ष पुरानो राजतन्त्र अन्त्य गरी देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। जनआन्दोलनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा कलाकारहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सोही समयमा नेपालको राजधानी काठमाडौँमा आन्दोलनको तीव्र प्रभाव परिरहेको थियो। त्यतिबेला काठमाडौँमा कुनै पनि व्यवसाय सञ्चालन गर्नु अत्यन्त कठिन थियो। यस्तै चुनौतीपूर्ण अवस्थामा पनि २०६२ साल पुस २ गतेदेखि प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोको औपचारिक सुरुवात गरिएको थियो। दुई दशक सफलतापूर्वक पार… पुरा पढौ

‘मिरमिरे’को गीतमा दयाहाङ राईकी पत्नी बेनुकाको स्वर

काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक भएसँगै दर्शकको ध्यान तान्न सफल भएको छ । बुवा–छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्ने टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रमोशनल सामग्री सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माण टिमले केही दिनभित्र चलचित्रको गीत सार्वजनिक गर्ने तयारी गरेको छ । चलचित्रको कथावस्तु बोल्ने उक्त गीतमा गायिका बेनुका राईको स्वर रहेको निर्माण पक्षले जनाएको छ । बेनुका अभिनेता दयाहाङ राईकी पत्नी हुन् । गायन क्षेत्रमा परिचित बेनुका विवाहपछि र दयाहाङ… पुरा पढौ

रमेश बिक्रम रत्नको ‘काँचो बाँस माथि’ सार्वजनिक

झण्डै एक दर्जन गीत बजारमा ल्याइसकेका म्याग्दी, जामरुककोटका गायक रमेश बिक्रम रत्नको नयाँ संस्करणमा रहेको ‘काँचो बाँस माथि’ बोलको गीत सार्वजनिक गरिएको छ। लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रत्नले ट्याक्सी व्यवसायसँगै पछिल्लो समय गीत–संगीतलाई निरन्तरता दिँदै आएका छन्। वि.सं. २०६३ सालमा चर्चित गायिका देवी घर्ती मगर र गायक रमेश बिक्रम रत्नको स्वरमा सार्वजनिक भएको उक्त गीतलाई रत्नले नयाँ संस्करणमा पुनः बजारमा ल्याएका हुन्। नयाँ संस्करणमा गायिका लक्ष्मी परियार र गायक दिपेन थापाको स्वर रहेको छ। गीतको शब्द सुजन क्षेत्रीले लेखेका… पुरा पढौ