
लोकसांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक रमेश विक्रम रत्नको नयाँ लोकगीत ‘नाचिदेउ गौथली’ सार्वजनिक भएको छ। मौलिक लोक लय, आकर्षक कथा र सशक्त दृश्य प्रस्तुतिसहित तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ।
गीतमा रमेश विक्रम रत्न र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रमेश विक्रम रत्नले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन्। भिडियोमा स्मारिका ढकाल, रमेश विक्रम रत्न, अजय साम्भो, बिनो थापालगायत कलाकारहरूको प्रभावशाली अभिनय देख्न सकिन्छ। छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन प्रविण भट्टले गरेका छन्।
नेपाली लोकसंस्कृति, मौलिकपन र मनोरञ्जनलाई समेटेर तयार गरिएको ‘नाचिदेउ गौथली’ ले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। गीतले नेपाली लोकसंगीतको मौलिक स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।









