
काठमाडौं, साउन २१
विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल ले आयोजना गर्ने लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक को सम्पूर्ण तयारी पूरा भएको छ।
महेन्द्र पुलिस क्लब, काठमाडौंमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन हालसम्म करिब १२०० जना लायन्स सदस्यले पूर्वदर्ता (प्रि–रजिस्ट्रेसन) गरिसकेको डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर मुना थापाले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै दर्ता प्रक्रिया मंगलबार रातिदेखि बन्द गरिएको छ। कुनै क्याबिनेट अफिसर दर्ताबाट छुटेको भए डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीसँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
लायन्स इन्टरनेशनलका विभिन्न डिस्ट्रिक्टमध्ये लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल ले लायन वर्ष २०२६–२०२७ मा ३१ वटा नयाँ क्लब स्थापना गर्ने प्रतिबद्धतासहित उत्कृष्ट उपलब्धि हासिल गरेको थियो। डिस्ट्रिक्ट गभर्नर **** को नेतृत्वमा हालसम्म थप १० वटा नयाँ क्लब स्थापना भएसँगै नयाँ क्लबको संख्या ४१ पुगेको छ।
डिस्ट्रिक्टले सदस्यता विस्तार, सेवा गतिविधि र संगठन सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बलियो बनाउँदै गएको जनाएको छ।










