तीजको मौलिक स्वाद बोकेर रिना केसीको नयाँ गीत ‘बारीको अरीमैले’ सार्वजनिक

-


     केपी कुमार जलन     
     श्रावण २४ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय गायिका रिना केसीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक गरेकी छन्। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नेपाली मौलिकता, तीजको सांस्कृतिक भावना तथा मायाप्रेमका भावलाई समेटिएको छ।

गीतमा युस्कल छिनालको लय, निसा सुनारको शब्द तथा रिना केसीकै स्वर रहेको छ। गीतको भिडियोमा रीना गुरुङको अभिनय देख्न सकिन्छ भने कथा तथा निर्देशन समीर रम्दामले गरेका छन्।

तीजको सांस्कृतिक पक्षलाई जीवन्त ढंगले प्रस्तुत गरिएको यस गीतमा मायाप्रेमका भावनालाई लोकशैलीमा अभिव्यक्त गरिएको छ। ‘बारीको अरीमैले’ ले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका केसीले बताएकी छन्।

गीत सार्वजनिक गर्दै उनले दर्शक–श्रोतालाई गीत हेर्न, सुन्न तथा मन परे लाइक, कमेन्ट र सेयरमार्फत माया र हौसला प्रदान गर्न आग्रह गरेकी छन्।

गायिका केसीका अनुसार ‘बारीको अरीमैले’ केवल एउटा तीज गीत मात्र नभई नेपाली लोकसंस्कृति, मौलिकता र तीजको मिठास बोकेको सांगीतिक सिर्जना हो।