हरि गिरी विमर्शी र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ तीज गीत बजारमा

-


     हिडन खबर    
     श्रावण २२ गते २०८३ मा प्रकाशित


काठमाडौं । तीज पर्वको माहोलसँगै नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेका बेला गायक हरि गिरी विमर्शी र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘लभ गरेर नजाऊ’ सार्वजनिक गरिएको छ।

परम्परागत तीज गीतभन्दा फरक शैलीमा तयार पारिएको यस गीतले प्रेम, आकर्षण र सम्बन्धका भावनालाई समेटेको छ। तीजको सांगीतिक वातावरणमा नयाँ स्वाद थप्ने उद्देश्यसहित ल्याइएको गीतका शब्द तथा संगीत हरि गिरी विमर्शीकै रहेका छन्।

गीतको भिडियोमा रमेश विश्वकर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ। रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको भिडियोले प्रेमिल कथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

तीजको अवसर पारेर सार्वजनिक गरिएको ‘लभ गरेर नजाऊ’ ले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। पछिल्लो समय तीज गीतमा नयाँ शैली, कथावस्तु र प्रस्तुतिको प्रयोग बढ्दै गइरहेका बेला यो गीतले पनि फरक पहिचान बनाउने प्रयास गरेको देखिन्छ।

तीजका मौलिक गीतसँगै आधुनिक भावनालाई समेटेर तयार पारिएको यो गीतले युवा पुस्तालाई समेत आकर्षित गर्ने विश्वास निर्माण पक्षको छ।