काठमाडौं । चलचित्र ‘मिरमिरे’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। मध्यपूर्वसहितका केही देशमा यस फिल्मको प्रदर्शन राइट्स बिक्री भइसकेको निर्देशक यम शेर्पाले जानकारी दिएका छन्। युएई, कतार, बहराइन, इजरायल र मलेसियाका लागि प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको हो। केही समयअघि सार्वजनिक गरिएको दुईवटा पोस्टरमार्फत फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, सिर्जना निङ्लेखु र प्रकाश सपूत तथा बाल कलाकार शाइसा गौचनलाई फिचर गरिएको थियो। यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्ममा दयाहाङ राई, प्रकाश…
पुरा पढौ