
काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै मार्मिक तीज गीत ‘दुःखी छोरी’ सार्वजनिक गरिएको छ। कृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोरीको मनोभाव, परिवारप्रतिको माया तथा जीवनका दुःख–पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा कृष्ण परियारको स्वर रहेको छ भने शब्द तथा लय देवबहादुर सुनारले सिर्जना गरेका छन्। गीतको भिडियोमा रञ्जिता गुरुङको सशक्त र भावनात्मक अभिनय देख्न सकिन्छ।
‘दुःखी छोरी’ले छोरीहरूको जीवनमा आउने संघर्ष, माइतीप्रतिको माया र मनभित्र लुकेका पीडाहरूलाई तीजको सांगीतिक परिवेशमार्फत उजागर गरेको छ। विशेषगरी चाडपर्वका बेला परिवारबाट टाढा रहन बाध्य भएका तथा जीवनका विभिन्न परिस्थितिसँग संघर्ष गरिरहेका छोरीहरूको भावनालाई गीतले मार्मिक रूपमा अभिव्यक्त गरेको छ।
गीतको एरेन्ज डोलराज बरघरेले गरेका हुन् भने रेकर्डिङ रमेश खड्का, मिक्सिङ तथा मास्टरिङ बिनोद परियारले गरेका छन्। त्यस्तै मेकअप कविता तोलाङ्गीको रहेको छ। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ दीपक विष्टले गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन्।
सार्वजनिक भइसकेको ‘दुःखी छोरी’ले तीजको उल्लाससँगै छोरीहरूको मनभित्रका पीडा, भावना र संवेदनालाई दर्शक–श्रोतामाझ प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको छ।
गीतका सर्जक देवबहादुर सुनारसहित सम्पूर्ण निर्माण टिमले गीत हेरेर माया, साथ, सल्लाह तथा प्रतिक्रिया दिन दर्शक–श्रोतासमक्ष आग्रह गरेका छन्। साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दर्शक–श्रोतामा हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्।









