पोखरा, वैशाख ११ — पोखरा १७, बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र सामाजिक–धार्मिक सद्भाव फैलाउन आज बिहान भव्य साइकल र्याली सम्पन्न भएको छ। र्यालीको उद्घाटन साइक्ल सिटी पोखराका पूर्व सदस्य तथा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेन्ड भाइस गभर्नर तेज नारायण पराजुलीले गरेका थिए। र्याली बिरौटा कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, जिरोकिलोमिटर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः बिरौटा फर्किएको थियो। र्यालीमा सयौं स्थानीय, युवा र साइक्लिङप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। महायज्ञका संकल्पकर्ता विजयकृष्ण…
पुरा पढौ