पर्यटन

प्रिया मगर र किरण विसीको मौलिक ठाडो भाका सार्वजनिक

पछिल्लो समय पश्चिमी संस्कृति र आधुनिक प्रविधिको प्रभावसँगै ओझेल परिरहेको ठाडो भाका संरक्षण र प्रवर्द्धन लक्ष्यसहित गायक किरण विसी, रमेश घले तथा गायिका प्रिया मगर र हिरा पुन मगरको सहकार्यमा तयार गरिएको नयाँ मौलिक ठाडो भाका सार्वजनिक गरिएको छ। सुकरा तामाङको संगीत तथा किरण विसी र प्रयास कुवर मगरको शब्द रहेको गीतमा प्रिया मगर, हिरा पुन मगर, किरण विसी र रमेश घलेले स्वर दिएका छन्। सार्वजनिक म्युजिक भिडियोमा कलाकार शेख क्षेत्री र युमि गौतमको नृत्य समावेश छ। शेखर क्षेत्रीको निर्देशन,… पुरा पढौ

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुष ३ गतेदेखि १४ गतेसम्म आयोजना हुने २१औँ लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेको छ। स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाका अनुसार पहिलो चरणमा संघका सदस्यहरूलाई लक्षित गर्दै मंसिर ८ गतेबाट स्टल बुकिङ खुला गरिएको हो। अन्य व्यवसायीका लागि दोस्रो चरणमा मंसिर १५ गतेदेखि बुकिङ खुला गरिने जानकारी उनले दिए। महोत्सव यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने… पुरा पढौ

लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिको अधिवेशन मंसिर २० गते

काठमाडौं — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समिति काठमाडौंको आगामी अधिवेशन मंसिर २० गते हुने भएको छ। समन्वय समितिको आज बसेको बैठकले सातौँ महाधिवेशन तथा बीसौँ साधारण सभा आगामी मंसिर २० गते काठमाडौंको खरिबोटस्थित लर्ड प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो। अधिवेशन व्यवस्थापनका लागि समितिले विभिन्न कार्यदलहरू गठन गरेको समितिले जनाएको छ। बैठकमा प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष राजु ढकाल, सचिव पी.एन. सापकोटा, केन्द्रीय सदस्यहरू कुमार राना र सुजन लम्साल उपस्थित रहेका थिए। अध्यक्ष अर्जुन थापाको अध्यक्षता र… पुरा पढौ

‘द ब्ल्यू लाइट’ पुस १० गतेदेखि प्रदर्शन, पोस्टरमा मौन पाँच पात्र

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई देखाइएको छ। खैरो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी लाई प्रस्तुत गरिएको छ। सबै कलाकारहरूमा समान मनोभाव—निराशा र तनाव—देखिन्छ। फरक यति मात्र छ—महेश त्रिपाठीको हातमा बञ्चरो छ, भने अन्यका हात रित्तै छन्। पात्रहरू तनावग्रस्त देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ। त्यसैले फिल्ममा मानसिक दबाब र मौनताभित्र… पुरा पढौ

मिरमिरे’का दुई पोस्टर सार्वजनिक

दयाहाङ–प्रकाशको पहिलो सहकार्य, माघ १ गते रिलिज हुने काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’का दुईवटा पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र बाल–कलाकार शाइसा गौचन फिचर्ड छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा उनीहरू बाउ–छोरीको रूपमा देखिएका छन्। तनावग्रस्त मुद्रामा प्रस्तुत दुवै पात्र कसैको पर्खाइ वा वियोगमा रहेको संकेत गर्छन्। पोस्टरले दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको भाव झल्काउँछ। दोस्रो पोस्टरमा प्रकाश सपूत विद्यार्थीको भेषमा र सिर्जना निङ्लेखु शिक्षिकाको भेषमा देखिएका छन्। सिर्जनाको मन्द मुस्कान र… पुरा पढौ

मानवसेवा आश्रमलाइ सहयोग गर्ने क्रम जारी

बागलुङ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) बागलुङ शाखाको भवन निर्माण तथा अक्षय श्रीवृद्धिको अभिष्टले आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८२ मा सहयोग गर्ने क्रम जारी छ । महायज्ञमा काठेखोला गाउँपालिका–२, भिमपोखरा स्थायी वतन भई हाल बागलुङ नगरपालिका–२, अस्पताल रोडमा बसोबास गर्दै आएकी गोमा खत्रि, उनका छोरा सोनाम खत्रि तथा छोरीहरू लक्ष्मी रोका क्षेत्री र सोविता खत्रिले आफ्ना पति तथा पिता स्वर्गीय गोविन्द खत्रिको सम्झनामा २१ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन्। छोरी लक्ष्मी रोका क्षेत्रीले… पुरा पढौ

शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ अन्तर्गतको शोभा कलश यात्रा शुक्रबार धार्मिक उत्साहका साथ सम्पन्न भएको छ। कलश यात्रा बिहान लोकतान्त्रिक चोकबाट शुभारम्भ भई नगरका प्रमुख चोक तथा मार्गहरू—जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा, देउराली चोक, विद्यामन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपिपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञ स्थलमा समापन भएको थियो। यात्रामा विभिन्न आमा समूहहरूको सहभागिता उल्लेखनीय रह्यो।… पुरा पढौ

भाग्यको कारुणिक कथा: पुर्णकला विसी र ईश्वर सिंहको आवाजमा नयाँ गीत सार्वजनिक

बागलुङ जीवनमा मेहनत गर्नेहरू नै भाग्यशाली बन्छन्, भाग्य पर्खेर बस्नेहरू पछि पर्छन्। कर्म नगर्नेहरू भाग्यलाई दोष दिन्छन्, तर बुद्धिमानहरू आफ्नो भाग्य आफैं निर्माण गर्छन्। यस्तै भावनात्मक सन्देश बोकेको गीत ‘भाग्य’ हालै सार्वजनिक गरिएको छ। संसारको सबैभन्दा अमूल्य चीजभन्दा पनि ठूलो ठानिएको प्रिय व्यक्तिको टाढापनलाई भाग्यको दोष दिइएको कारुणिक कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ। माया र प्रेमको गहिरो अन्तरभावलाई टपक्क टिपेर सर्जक नारायण कँडेलले शब्द कोरेका छन् भने सर्जक रमेश परियारले संगीत भरेका छन्। गीतमा गायक ईश्वर सिंह र गायिका पुर्णकला… पुरा पढौ

लोकदोहोरी गीत ‘Oh Baby No Baby’ सार्वजनिक: खेम सेञ्चुरी र बिन्दा परियारको सशक्त प्रस्तुति

लोकदोहोरी संगीत क्षेत्र हाल महँगो उत्पादन लागत र सीमित आम्दानीका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। पछिल्लो समय कलाकारहरू गीत-संगीतमा लगानी गर्न हिच्किचाउने गरेका छन्, जसले गर्दा नयाँ सिर्जनाको गति केही सुस्त देखिएको छ। यद्यपि, केही कलाकारहरू निरन्तर सक्रिय रहँदै संगीतको माध्यमबाट दर्शक-श्रोतासँग संवाद गरिरहेका छन्। यही सन्दर्भमा धादिङकी गायिका बिन्दा परियारले चर्चित गायक खेम सेञ्चुरीसँग सहकार्य गर्दै नयाँ लोकदोहोरी गीत ‘Oh Baby No Baby’ सार्वजनिक गरेकी छन्। गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र मायाको गहिरो अनुभूतिलाई प्रस्तुत गरिएको… पुरा पढौ

बेली चमेली’ गीत सार्वजनिक

गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ… पुरा पढौ