भावनाले भरिएको ‘चिठ्ठी के पठाऊँ’ युट्युब र सामाजिक सञ्जालमा चर्चित

-


     केपी कुमार जलन    
     जेठ २१ गते २०८३ मा प्रकाशित


बागलुङ नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा चर्चित गायक–गायिका नविना ढकाल र नकुल ढकालको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘चिठ्ठी के पठाऊँ’ यतिबेला दर्शक तथा श्रोतामाझ चर्चामा रहेको छ।

माया, वियोग, प्रतीक्षा र भावनात्मक सम्बन्धको कथा बोकेको यस गीतले ग्रामीण परिवेशको मौलिक स्वाद प्रस्तुत गरेको छ।
नविना र नकुलको स्वर संयोजनले गीतलाई अझ जीवन्त बनाएको छ भने गीतका शब्द र संगीतले श्रोताको मन छुने प्रयास गरेको छ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्।विशेषगरी लोकदोहोरी पारखीहरूले गीतको भाव, प्रस्तुति र गायन शैलीको प्रशंसा गरेका छन्।

लोकसंगीतको मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आएको ‘चिठ्ठी के पठाऊँ’ ले छोटो समयमै उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ।